
निजगढको गौरीशंकर क्याम्पसमा अनेरास्वयुले आज उम्मेदवारी घोषणा तथा होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
बारा जिल्लामा पहिलोपटक हुनलागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्याम्पस प्रारम्भिक कमिटीले आगामी चैत्र ५ गते हुन लागेको स्ववियु निर्वाचनका आफ्नो प्यानलका उम्मेदवारहरुको घोषणा तथा होली पर्वको शुभकामना आदान प्रदान गरेको हो ।
नेकपा एमाले निजगढ नगर कमिटी ईन्चार्ज एवम पुर्व नगर उपप्रमुख लिलादेवी लामिछाने खनालको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रेस चौतारी नेपाल बारा जिल्ला अध्यक्ष थानेश्वर सापकोटा, नेकपा एमाले निजगढ नगर कमिटीका सहसचिव थानेश्वर सापकोटा (अविरल), विद्यार्थी ईन्चार्ज रोशन तिमल्सिना, युवा ईन्चार्ज जयराम कुवर, अनेरास्ववियु बारा जिल्ला सचिव हरी लामा, क्याम्पसमा अध्ययनरत विद्यार्थी नसुद हवारीलगायतले होली पर्वको शुभकामना मनतव्य व्यक्त गर्दै स्ववियु निर्वाचनमा अखिलका उम्मेदवारहरुलाई विजयको लागि शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै अनेरास्ववियुबाट गौरीशंकर क्याम्पसमा सभापति पदका उम्मेदवार बालकृष्ण हुमागाईले क्याम्पसमा व्यवस्थित पुस्तकालय १२ घण्टासम्म सन्चालनमा ल्याउन, विद्यार्थीलाई पायक पर्ने समयम कम्प्युटर सिक्ने व्यवस्था मिलाउने र क्याम्पसका छात्राहरुलाई निः शुल्क सेनेटरी प्याड तथा क्यान्टीनको व्यवस्था गर्न आफूहरुले पहल गर्ने बताए ।
कार्यक्रमको अध्यक्षता क्याम्पस कमिटीका अध्यक्ष एवम स्ववियु सभापतिका उम्मेदवार हुमागाईले गरेका थिए भने संचालन प्रारम्भिक कमिटीका सचीव किसन खड्काले गरेका थिए । कार्यक्रम विद्यार्थीहरुले एकआपसमा रङ्ग दलेर खुशी साटासाट गरेका थिए ।