विश्वमा कोभिड १९ पोजिटिभ हुनेमा हलिवुडका ‘क’ श्रेणीका अभिनेता टम ह्यान्क्स , पप सुपर स्टार पिन्क , वेलायतका प्न्सि चाल्र्स देखि वेलायतकै प्रधानमन्त्री बोरिस जोहन्सन सम्म रहेका छन् । तर भाग्यवश तिनीहरु सबै ज्यान जोगाउन सफल भए । त्यसैगरी दुखको कुरा कोरोना भाइरस संक्रमणकै कारण विश्वले थुप्रै संगीतकार, अभिनेता रअन्य प्रतिभाशाली व्यक्तित्व गुमाउनु परेको छ । ति मध्ये प्रमुख दश व्यक्तित्व निम्न रहेका छन् ।

१. जोहन प्राइन   

गायक तथा गीतकार ७३ वर्षिय प्राइनको ७ अप्रिलमा निधन भयो । बब डाइलन , क्रिस क्रिस्टोफर्सन तथा बोन्नी राइट जस्त हस्ती कलाकारसंग पनि काम गरेका प्राइनले पछिल्लो समय सन् २०१९ को १५ जुनमा वेलायतको म्यानचेस्टरमा आयोजित बोन्नारु म्युजिक एन्ड आर्टस फेस्टिभलमा भाग लिएका थिए ।

२. टेर्रेन्स म्यान्याल्ली 

नाटककार तथा लेखक म्याकन्याल्लीले चार पटक सम्म प्रतिष्ठित टोनी अवार्ड जितेका थिए । यस अघि फोकसको कयान्सर र मुटुको रोगबाट समेत बचेका ८१ वर्षिय उनको २४ मार्चमा निधन भएको हो । ‘ अमेरिकी थियटरका कवि ’ उपनाम पाएका उनका चर्चित नाटकमा ‘ किस अफ दि स्पाइडर वुमन ’ , ‘ र्‍यागटाइम ’ ,‘ लभ ! भ्यालर ! कम्प्यासन ! ’ र ‘ मास्टर क्लास ’ हुन् ।

३. एडम स्क्लेसिन्गर  

स्क्लेसिन्गरले आफ्नो ब्यान्ड फाउन्टेन्स अफ वायनेसंग सन् २०११ को ५ अगष्टमा अमेरिकाको न्युयोर्क सिटीमा संगीत प्रस्तुत गरेका थिए । संगीतकार तथा गीतकार उनको ५२ वर्षको उमेरमा १ अप्रिलमा निधन भएको हो । सनु २००३ मा उनको गीत ‘ स्टासिज मोम ’ विश्वभरि हिट भएको थियो । एमि अवार्ड विजेत उनले टेलिभिजन सिरिज ‘ क्रेजी एक्स –गर्लफ्ेन्ड ’ का लागि पनि गीत लेखेका थिए ।

४. एल्लिस मार्सलिस

उनी अन्तिम पटक अमेरिकाको न्यु ओर्लियन्सको २०१९ न्यु ओर्लियन्स ज्याज एन्ड हेरिटेज फेस्टिभलमा स्टेजमा उभिएका थिए । ज्याज संगीतमा शिर्ष व्यक्तित्व उनको ८५ वर्षको उमेरमा १ अप्रिलमा निधन भएको थियो । नामुद पियानोवादक पनि रहेका उनका छोराहरु ट्रम्पेटर विन्टन , साक्साफोनिस्ट ब्रान्फोर्ड , ट्रोमवोनिस्ट डेल्फियो र ड्रमर ज्यासन पनि संगीत क्षेत्रमा समर्पित रहेका छन् ।

५. फ्लोयद कार्दोज

ब्रेभोको ‘ टप सेफ मास्टर्स ’ उपाधि जित्न सफल चर्चित भारतिय सेफ कार्दोजको ५९ वर्षको उमेरमा २५ मार्चमा निधन भएको हो । हालै नेटफ्क्सि सिरिज ‘ अग्ली डेलिसस ’ देखा परेका उनको भारतको मुम्वइमा ‘ दि बम्बे क्यान्टिन ’ र ‘ ओ पेड्रो ’ नामक दुईवटा रेस्टुरेन्ट छ । ज्वरो आएपछि उनी आफैं गएर न्युयोर्कको एउटा अस्पतालमा भर्ना भएका थिए ।

६. मार्क ब्लम 

चरित्र अभिनेता ब्लम सन् १९८५ को हिट फिल्म ‘ डेस्परेट्ली सिकिंग सुसन ’ मा चर्चित गायिका म्याडोनासंग अभिनय गरी बढि चर्चामा आएका थिए । को ६१ वर्षको उमेरमा २५ र्माचमा निधन भएको हो । उनको निधनमाम्याडोनाले इस्टागम मार्फत गहिरो समववेदना प्कट गरेकी छन् ।

७. जोस वलवर्क 

लामो समय देखि एनबिसि सिरिज ‘ ल एन्ड अर्ड ः एसभियु ’ मा अभिनय गर्दै आएका वलवर्कको ४५ वषर््को उमेरमा मृत्यु भएको हो । उनी आफ्ना सहकर्मी माझ निक ैहँसिलो र ठटा गर्न रुचाउने व्यक्तिको रुपमा पनि चिनिन्थे ।

 ८. जाय डिफी :

कन्ट्रि सिंगर डिफीको ६१ वर्षको उमेरमा २९ मार्चमा निधन भएको हो । पछिल्लो पटक सन् २०१४ को २ अगष्टमा वासिंगटनको जर्जमा आयोजित वाटरसेड म्युजि फेस्टिभलमा उनले भाग लिएका थिए । नब्बेको दशकमा उनका ‘ पिक अप म्यान , , ‘ थर्ड रक फ्रम दि सन ’ , ‘ बिगर ड्यान दि बिटल्स ’ र ‘ इफ दि डेभल ड्यान्स्ड ’ लगायत दर्जनैं गीत हिट भएको थियो ।

९. हल विल्नर 

म्युजिक प्रोड्युसर तथा लामो समय देखि ‘स्याटरडे नाइट लाइभ ’ का म्युजिक सुपर भाइजर पनि रहेका विल्नरको ६४ वर्षको उमेरमा ७ अप्रिलमा निधन भएको हो । ११ अप्लिको सो कार्यक्रमको श्रंखलामा उनी प्रति श्रद्धान्जली व्यक्त गरिएको थियो ।

१०. जे बेनेडिक्ट

जेम्स क्यामरेरानको ‘ एलियन्स ’ र क्रिस्टोफर नेलानको ‘ दि डार्क नाइट राइजिज ’ मा खेलेर निकै चर्चा बटुलेका ६८ वर्षिय अभिनेता बेनेडिक्टको ४ अप्रिलमा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय