
विजया दशमीको उपलक्ष्यमा न्यू हिमाल युवा क्लबको आयोजनामा सोमबारबाट निजगढमा नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार जारी प्रतियोगिताको पहिलो खेल हातेमालो सामुदायिक वन रौतहट र कोशेली युवा क्लब सिमरा भिड्दै छन् । खेल निजगढ नगरपालिका वडा नम्बर ९ स्थित शहिद हिरालाल रंगशालामा जारी छ ।
आज समूह ‘ए’ का दुई टिम बिच खेल हुँदै छ भने भोली समूह ‘ए’ र समूह ‘बि’ बाट दुई खेल हुने छ । प्रतियोगिताको दोश्रो दिन मंगलबार पहिलो खेल राइजिङ स्टार क्लब र निजगढ युवा क्लब बिच दिनको १ बजेदेखि हुने छ भने दोश्रो खेल दिउसो ३ बजेबाट ट्याकटर व्यवसायी संघ र चौतारा युवा क्लब बिच प्रतिस्पर्धा हुने आयोजक न्यू हिमाल युवा क्लबका अध्यक्ष बैकुण्ठ आले मागरले जानकारी दिए ।
असोज १६ गते आईतबार फुलपातीको दिनसम्म संचालन हुने प्रतियोगिताको बिजेताले ५१ हजार रुपैंया प्राप्त गर्नेछ भने उपबिजेताले ३१ हजार रुपैंया प्राप्त गर्नेछ । बिजेता र उपबिजेता दुबै टिमलाई ट्रफि, मेडल र प्रमाण पत्र समेत दिईने आयोजकले जनाएको छ ।
यस्तो छ खेल तालिका