बाराको निजगढ नगरपालिकामा आर्थिक कमजोर भएका तेक्वान्दो खेलाडीलाई निःशुल्क प्रशिक्षण दिईने भएको छ । डोजाङ्गले आर्थिक कमजोर भएका तेक्वान्दो खेलाडीलाई भर्ना, पोशाक (डुबुक) निःशुल्क प्रदान गर्ने र प्रशिक्षणको मासिक शुल्क समेत आजीवन नलिने भएको हो ।

निजगढ तेक्वान्दो डोजाङ्गले सोमबार निजगढ नगरपालिका वडा नम्बर ७ को श्री नेत्रोदय माध्यमिक विद्यालयमा प्रशिक्षण गर्ने नेत्रोदय तेक्वान्दो डोजाङ्गका चार र जिल्ला कभर्ड हल निजगढमा प्रशिक्षण गर्ने निजगढ तेक्वान्दो डोजाङ्गका चार गरि आठ जनालाई पोशाक (डुबुक) बितरण गरेको निजगढ तेक्वान्दो डोजाङ्गका प्रमुख बसन्त लामाले बताए ।

तेक्वान्दोमा सबैको पहुच बनाउँने लक्ष्यका साथ आर्थिक अवस्था कमजोर भएका खेलाडीलाई मनोबल उच्च बनाउन तथा आर्थिककै कारणले कुनै खेलाडी प्रशिक्षणबाट बन्चित नहोस भने उदेश्यका साथ आर्थिक कमजोर भएका तेक्वान्दो खेलाडीलाई निःशुल्क प्रशिक्षण दिने तयारी गरिएको निजगढ तेक्वान्दो डोजाङ्गले जनाएको छ ।

डोजाङ्गबाट प्रशिक्षण लिएका मध्य मुस्कान कार्की, चित्र बहादुर अधिकारी राष्ट्रिय खोलाडीका रुपमा स्थापित भएका छन भने यस डोजाङ्गले मधेश प्रदेशमा हाल सम्म ५ पटक राष्ट्रिय स्तरको खोल आयोजना गराउने पहिलो डोजाङ्ग समेत हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय