
नेपाली तेक्वान्दो खेलाडी ज्ञानबहादुर परियार (कुलश) ले कोरियामा स्वर्ण पदक हात पारेका छन् ।
४० वर्षमुनिको तेक्वान्दोको पुम्से विधातर्फको पहिलो म्यानमार ओपन अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा कुशलले स्वार्ण पदक हात पारेका हुन् ।
तेक्वान्दोको चौथो डान कुशल केही समय अघिदेखि कोरिया बस्दै आएका छन् । यो उनको अन्तर्राष्ट्रिय तेस्रो स्वर्ण पदक हो । उनले एभरेस्ट वर्ल्ड तेक्वान्दो डोजाङ नेपाल ब्रान्चबाट भाग लिएका थिए ।
यसअघि उनले ललितपुरको जावलाखेलमा न्यू तेक्वान्दो डोजाङ सञ्चालन गरेका थिए । कुशलले तेक्वान्दो यात्रा बाराको निजगढ डोजाङबाट थालेका थिए ।