निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगीताको उपाधि नेपाल खेलकुद क्लव रौतहटले जितेको छ । शनिबार सम्पन्न फाईनल खेलमा नवजनजागृति युवा क्लव सिमरा बारालाई ३—१ गोल अन्तरले पराजित गर्दै नेपाल खेलकुद क्लव रौतहट निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको विजेता बनेको हो ।

नवजनजागृति माथि सहज जित हासिल गरेको नेपाल खेलकुद क्लवका म्याक्सवेलले ११ औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

खेल अवधिभरी नवजनजागृति माथि हावी रहेको नेपाल खेलकुद क्लवकालागि ३५ औ मिनेटमा फोडे फोफनाले गोल गर्दै अग्रता दोब्बर बनाए भने लगत्तै ४२ औ मिनेटमा फोफनाले नै गरेको गोलले नेपाल खेलकुद क्लव रौतहटले पहिलो हाफमै ३—० को अग्रता बनायो ।

दोश्रो हाफमा पनि थुप्रै अवशरहरु सृजना गरेको नेपाल खेलकुद क्लव गोल गर्न भने सफल रहेन । नव जनजागृतिको लागि खेलको ईन्ज्युरी समयमा टोनिस सिनो हाङले एक गोल फर्काए ।

नेपाल खेलकुद क्लवले उपाधि सहित एक लाख पचास हजार रुपैंया प्राप्त गर्याे भने उपबिजेता नव जनजागृति युवा क्लवले पचहत्तर हजार रुपैंया प्राप्त गर्यो ।

प्रतियोगिताको उपाधि निजगढका मेयर सुरेश कुमार खनालले हस्तान्तरण गरेका थिए ।

फाईनल खेलको म्यान अफ द म्याच नेपाल खेलकुद क्लव रौतहटका फोफना घोषित भए । म्यान अफ द म्याच घोषित फोफनाले दुई हजार रुपैंया प्राप्त गरे ।

प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट गोलरक्षक निजगढका रविन बस्नेत, डिफेन्स नव जनजागृतिका सागर चौलागाईं, मिडफिल्डर नेपाल खेलकुद क्लव रौतहटका रोशन पुरी, स्ट्राइकर नेपाल खेलकुद क्लवका म्याक्सवेल र उदयीमान खेलाडीको उपाधि निजगढका संजित धामीले प्राप्त गरे ।

विधागत रुपमा उत्कृष्ट खेलाडीहरुले जनही पाच÷पाच हजार रुपैंया प्राप्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर