
नेपाल खेलकुद क्लव रौतहट निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा निजगढ निलोलाई टाईब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै नेपाल खेलकुद क्लव रौतहट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।
निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछी खेल टाईब्रेकरमा गएको थियो । खेलको ३० औ मिनेटमा निजगढको कमजोर डिफेन्स लाईनको मौका उठाउदै मानबहादुर तामाङले प्रहार गरेको बल माथिलो बारमा लागेर फर्किदा गोलरक्षक रविन बस्नेतसँग ठोकिदै गोलमा परिवर्तन भएको थियो । यो गोलसङ्गै रौतहटले अग्रता लिएको थियो । पहिलो हाफमा अग्रता लिएको रौतहट दोश्रो हाफमा दबाबमा देखिएको थियो ।
रौतहट माथी निरन्तर गोलको लागि प्रयास गरेको निजगढ ४९ औ मिनेटमा बराबरी गर्न सफल भयो । निजगढका लागी अमिर श्रेष्ठले गोल गर्दै खेललाई बराबरिमा ल्याए ।
दुवै टिमले थप गोल गर्ने थुप्रै अवशर सदुपयोग गर्न नसक्दा खेल टाईब्रेकरमा गएको थियो । टाईब्रेकरमा निजगढका दुईजना खेलाडि गोकर्ण सन्जेल र अमिर श्रेष्ठले गोल गर्न असफल भए ।
खेलको म्यान अफ द म्याच नेपाल खेलकुद क्लव रौतहटका जर्शी नम्बर १७ का रोशन पहरि घोषित भए ।
प्रतियोगिता अन्तर्गत दोश्रो सेमिफाइनलमा बिहिबार बारा एघार र नवजनजागृती युवा क्लव सिमरा बारा बिच प्रतिस्पर्धा हुनेछ । निजगढ स्थित कछाडिया खेल मैदानमा संचालन हुने खेल अपरान्ह तीन बजेदेखी शुरु हुनेछ ।