धनगढी: झण्डै आधा किलो सुनसहित कैलालीबाट तीन जना पक्राउ परेका छन् । बुधबार दिउँसो काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ८ ख ८३४९ नम्बरको बसमा सवार तीन जनालाई ४४९.७७ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ३५ वर्षीय (बसको कण्डक्टर) भवानी घिमिरे, अत्तरियाको शैलेश्वरी सुनचाँदी पसलमा काम गर्दै आएका सुनसरी रामधुनी नगरपालिका–३ सिंगियाका २६ वर्षीय राजु विक र शैलेश्वरी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय समिर सिंजापति छन् ।

 

प्रहरीले उनीहरुलाई बुधबार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । पक्राउ परेकामध्ये भवानी घिमिरेको साथबाट ४९.९५ ग्राम सुनको बाला, २६ हजार दुई सय नगद र घिमिरेको साथमा सुनका बाला र सिक्री गरेर ३४९.८७ ग्राम सुन, ६ हजार ९ सय रुपैयाँ थियो । तर उनीहरुले सबै सुन र गहना अत्तरियास्थित शैलेश्वरी सुनचाँदी पसलका सञ्चालक सिंजापतिलाई दिइसकेको अवस्थामा खानतलासी गरेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सिंजापतिको साथबाट प्रहरीले नगद १६ हजार तीन सय समेत गरेर कुल ४९ हजार ४ सय रुपैयाँ बरामद गरेको थियो । पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय