
निजगढ : निजगढ मेयर गोल्डकप अन्तर्गत आईतवार आयोजक निजगढ निलो र बकुलिया फुटबल क्लव बाराबीच खेल हुदैछ । दुई टिमबीचको खेल कछडिया टोलको फुटबल मैदानमा दिउसो ३ः३० बजेपछि सुरु हुनेछ ।
यसअघि शनिबार भएको खेलमा बिरगंज युथ एकेडेमीलाई स्तब्ध पार्दै नेपाल खेलकुद क्लव गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिरगंजमाथी १–० को जित निकाल्दै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो ।
नेपालको जितमा म्याक्सवेलले निर्णायक गोल गरेका थिए ।
निजगढ युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उपबिजेताले ७५ हजार प्राप्त गर्नेछ । प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।