गत वर्ष निजगढमा भएको तोस्रो निजगढ मेयर कपको उद्घाटन कार्यक्रममा प्रार्य सबैले क्रसरका कारण निजगढ नगरपालिका वडा नम्बर ९ मा रहेको एकमात्र रंगशालामा धुलो तथा आवाजका कारण रंगशालामा खेल संचालन गर्न समस्या रहेको बताएपछि निजगढका मेयर सुरेश कुमार खनालले चौथो मेयर कप आयोजना हुदाँसम्ममा यसभेगमा रहेका क्रसरलाई स्थानान्तरण गरि चौथो मियर कप रंगशालामा आयोजना हुदाँ यस भेगमा कुनै क्रसर नहुने दाबी गरेका थिए ।

त्यसको ठिक एक वर्षपछि पुनः मेयर कप संचालनमा आएको छ तर मेयर खनालले क्रसरलाई स्थानान्तरण गर्ने बताएपनि त्यसप्रति खासै कुने कार्य भएन ।

मेयर खनालले क्रसर सार्ने भनाईलाई निजगढ बासीले सकारत्मक रुपमा लिएका थिए तर पुरा हुन सकेन।

हाल निजगढ मेयर कपलाई निजगढ मेयर गोल्डकप बनाईयो र निजगढ नगरपालिका वडा नम्बर ४ मा शनिबारबाट मेयर कप संचालन गरिएको छ ।

समयमै क्रसर व्यवस्थापन वा स्थानान्तरण नहुदाँ रंगशालामा हाल अभ्यास गर्ने खोलाडीलाई समेत समस्या हुँदै आएको भएतापनि नगरपालिका मैन देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय