पैंनी बाँधमा पाैंडी खेल्ने क्रममा बारामा एक जनाकाे डुबेर मृत्युु भएकाे छ । जिल्लाकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ डुमरबाना स्थित बेङ्गाई पैंनीकाे बाँधमा पौंडी खेल्ने क्रममा ती व्यक्तिको मृत्युु भएको हाे ।

मंगलवार अपराहन्न साथीहरुसँग पौंडी खेल्ने क्रममा उपमहानगरकाे वडा नं.२ स्थित सिमराका अन्दाजी ४० वर्षिय भगवान काजी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक कार्की नेपाली सेनाका अवकास प्राप्त जवान भएको बुझिएको छ ।

घटना स्थलमा पुगेकाे प्रहरीले घटना बारे अनुसन्धान गरिरहेकाेले थप बिवरण आउँन अझै बाँकी रहेकाे प्रहरीले जनाएको छ । उक्त स्थानमा यस अघि पनि मानिसको डुबेर मृत्यु भईसकेको छ ।

पौंडी खेल्ले क्रममा स्कुले बालबालिकाको ज्यान गए पछि त्यस स्थानमा पौंडी खेल्ल लामो समय रोक लगाईको थियो । पछिल्लो समय एका एक पौंडी खेल्न सुचारु भए पनि कसैले ध्यान दिएका थिएनन् ।

उक्त पैंनीबाट खेत सिंचाई गर्न बाँध निर्माण गरिएको छ । बाँधमा जमेको पानीमा पौंडी खेल्ने क्रममा मानिसको ज्यान गैरहेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय