निजगढ नगरपालिकाले चालु आर्थिक वर्षको लागि आह्वान गरेको ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा निकासीको ठेक्का टेण्डरमा दुई कम्पनीले बोलपत्र पेस गरेका छन । चालु आर्थिक वर्षको लागि आह्वान गरेको ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा निकासीको ठेक्का टेण्डरमा बिनोद साह निर्माण सेवा र हिमानी सप्लायर्सले बोलपत्र पेस गरेको हो ।

नगरपालिकाले इ बिडमार्फत ५ वटा नदीबाट गिटी बालुवा र ढुङ्गा उत्खनन र निकासीको लागि साउन १९ गते सूचना सार्वजनिक गरेको थियो सोही इ बिडमार्फत बोलपत्र पेस गर्ने कम्पनीको नाम बिहीवार सार्वजनिक गरेको नगरपालिका सुचना अधिकृत रविन घिमिरेले बताए ।

गत बर्ष ४ वटा कम्पनीले बोलपत्र पेस गरेको भएतापनि चालु आर्थिक वर्षको लागि २ वटा कम्पनीले मात्र बोलपत्र बुझाएका हुन । नगरपालिकाले कुन कम्पनीले कती रकममा बोलपत्र भरेको भने खुलाएको छैन ।

निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले नगरपालिकाले आवशक प्रकिया पुरा गरेपछी मात्रै कुन कम्पनीले कतीमा बोलपत्र भरेको हेर्नमिल्ने भएको हुँदा अहिले सार्वजनिक हुन नसकेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय