आम्दानी भन्दा ३० प्रतिशत बढिको वार्षिक बजेट

बाराको निजगढ नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा ९७ करोड २१ लाख ८० हजार बराबरको बजेट प्रस्तुत गरेको थियो तर बजेटको आकार आम्दानी भन्दा अधिक भएकै कारण विभिन्न शीर्षकमा सम्पन्न भएका योजनाहरूको १७ करोड भुक्तानी दिन सकेको छैन ।

गत आर्थिक वर्षमा संघिय सरकार, प्रदेश सरकार र नगरपालिकाको समेत गरि ८० करोड १ लाख ८२ हजार आम्दानी रहेको थियो । नगरपालिकाले आफ्नो आम्दानीको श्रोत भन्दा १७ करोड बढिको बजेट बनाएकै कारण भुक्तानी गर्न नसकिएको नगरपालिका श्रोतले जानकारी दिएको छ ।

यसबाट पाठ सिकेर यस आर्थिक वर्षमा सन्तुलित आकारको बजेट नगरपालिकाले प्रस्तुत गर्छ भन्ने धेरैले आशा गरेको भएतापनि पहिलाकै गल्तीलाई दोर्याउदै नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ को लागि १ अर्ब ९ करोड ४० लाखको बजेट प्रस्तुत गरेको छ ।

गत आर्थिक वर्षको भुक्तानी हुन बार्की रकमको भार समेत चालु आर्थिक वर्षमा थपिएको छ तर आम्दानीको रकममा भने खासै वृद्घि हुने अवस्था भने छैन ।

चालु आर्थिक वर्षमा नगरपालिकाको अनुमानित आम्दानी ७० करोड ३० लाख ३८ हजार रहेका छ । जस्ले गर्दा ४० करोड बराबरको योजना तथा कार्यक्रमहरुको कार्यावयन र भुक्तानी हुने अवस्था देखिदैन । भने गत आर्थिक वर्षको १७ करोड यस आर्थिक वर्षमा भुक्तानी दिदा करिब ५७ करोड भुक्तानी दिनु पने हुन्छ ।

नगरपालिकाको प्रमुख आम्दानीका श्रोत संघीय तथा प्रदेश सरकार राजश्व वाडफाड (रजिष्ट्रेसन, नदीजन्य पदार्थ अत्खनन् तथा निकासी कर र यतायत राजश्व) बाट प्रस्तावित बजेट ४३ करोड ५१ लाख २ हजार रहेको छ ।

नगरपालिकाको प्रस्तावित बजेटमा आन्तरिक आम्दानी १६ करोड ९८ लाख भएतापनि उठाउन मुस्किल रहेको छ ।

यस बाहेक घरजग्गा कर र अन्य आयबाट थेरै राहत हुने भएता पनि करिब ४० करोड भुक्तानी दिन सम्भब नहुने नगरपालिका श्रोतले जानकारी दिएको छ ।

यसरी असन्तुलित बजेट प्रस्तुत गर्दै जाने हो भने घाटा बजेटको दुष्परिणामका कारण आगामी तिन चार वर्षको बजेटलाई समेत असर गर्ने विज्ञहरुको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय