नेपाल जेष्ठ नागरिक समाज नेपालले निजगढ नगरपालिका वडा नम्बर ७ की १ सय ६ वर्षकी एक वृद्धलाई शनिबार सम्मान गरेको छ । निजगढ नगरपालिका वडा नम्बर ७ लिचीटोल निवासी १ सय ६ वर्षकी उत्तरकुमार खरेललाई नागरिक समाजका अध्यक्ष जयराम दवाढी, सहसचिव केशवराज पाण्डे र जेष्ठ नागरिक समाज निजगढ नगरपालिका वडा नम्बर ९ समितिका संयोजक भोजराज अधिकारीले रामनामी ओडाएर र खाद्यान्न सहयोग गरेर सम्मान गर्नु भएको हो ।
त्यस अवसरमा अध्यक्ष दवाढीले वयोवृद्ध खरेललाई व्यक्तिगत खर्चमा जुस, फलफुल र बिस्कुट लगायतका खाद्यान्न र नगद १ हजार २० रुपैया आर्थिक सहयोग पनि गर्नुभएको थियो । बिक्रम सम्बत १९७३ वैशाखमा जन्मिनु भएकी खरेलका ३ छोरी र २ छोरा छन ।