परिवर्तनका लागि युवा परिषद र स्थानिय तहको सहकार्य तथा मकवानपुर पुस्तकालय अभियान समुहको सहयोगमा बाराको निजगढ पुस्तकालयकाे स्थापना भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका पुर्व युवा तथा खेलकुद मन्त्री पुरूषाेतम पाैडल रहेका थिए ।

प्रमुख अतिथी पौडेलले उद्घाटन समेत गरेका थिए । पुस्तकालयमा हेटौंडा पुस्तकालय अभियानले ५० हजार बराबरकाे १५३ थान पुस्तक निजगढ पुस्तकालयलाई हस्तान्तरण गरेकाे छ ।

विगत ४ बर्ष देखि निरन्तर रूपमा रचनात्मक कार्यक्रमहरू सरसफाइ अभियान, वृक्षरोपण अभियान, विविध अन्तरक्रिर्या कार्यक्रम, बाल शिक्षण कार्यक्रम, बाल पार्क निर्माण अभियान लगायत महत्त्वपूर्ण कार्य गर्दै आइरहेकाे परिवर्तनका लागि युवा परिषद्ले निजगढ वडा न.६ मा स्थानीय वडाकाे सहकार्य र हेटौंडा पुस्तकालय अभियानकाे सहयोगमा जिजगढकाे सडकटाेल चाेकमा पाना पुस्तकालय स्थापना गरेकाे हाे ।

निजगढ वडा न.६ का बाल बालिका, युवा, शिक्षक तथा समाजका नागरिकहरूमा स्कुलकाे पाठ्यक्रम बाहेक अन्य महत्त्वपूर्ण धार्मिक, संस्कृतिक, साहित्यक, इतिहास, महापुरूष र विश्व प्रसिद्व व्यक्तिहरूकाे जीवन गाथसँग सम्बन्धित पुस्तहरूकाे ज्ञान बाँडने उदेश्यका साथ निजगढमा पुस्तकालय स्थापना गरिएको परिवर्तनका लागि युवा परिषदका सचिव बालकृष्ण हुमागाईले जानकारी दिए।

उनका अनुसार निजगढ वडा न. ६ मा सुविधा सम्पन्न बाल पार्क निर्माण कार्यकाे पनि परिवर्तनका लागि युवा परिषद्ले नै नेतृत्व गरिरहेकाेले छिटै निजगढ नगरपालिकाकै नमुना बाल पार्क निर्माण हुने बताए ।

कार्यक्रममा प्रमुख अतिथिमा नेपाल सरकारका पुर्व युवा तथा खेलकुद मन्त्री पुरूषाेतम पाैडेल, निजगढ नगरपालिकाका उपमेयर लिलादेवी रामिछाने खनाल, वडा नम्बर ६ का वडाध्यक्ष श्री कुशबहादुर थापा, परिवर्तनका लागि युवा परिषद्का अध्यक्ष तारानाथ तिमल्सिना, वडा सदस्य श्री रामप्रसाद हुमागाई, गाैरीशंकर मा.वि का प्राचार्य यादव कुमार तिमल्सिना, हेटौंडा पुस्तकालय अभियानका अभियानताहरू सुरेश श्रेष्ठ, नरेन्द्र भण्डारी, कैलाश धिताल लगायत निजगढ वडा ६ का महत्त्वपूर्ण सामाजिक, धार्मिक, शैक्षिक, राजनीतिक व्यतित्वहरूकाे उपस्थिति रहेकाे थियोे ।

उद्घाटन समारोहमा पुर्व मन्त्री पुरूषाेत्तम पाैडेल, प्राचार्य यादवकुमार तिमल्सिना, पुस्तकालय अभियानताहरूले शुभकामना व्यत्त गर्दै यस पुस्तकालयलाई निरन्तरता दिनु पर्ने र यसमा निरन्तर साथ र सहयोग रहेने कुरा व्यत्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय