
युरो च्याम्पियनसिप २०२० फुटबलको पहिलो क्वार्टरफाइनलमा स्पेन र स्वीट्जरल्यान्डबीचको खेल सुरु भएको छ । रुसको पिटर्सवर्ग स्टेडियममा केहीबेर अघि खेल सुरु भएको हो । खेलको सुरुमै स्पेनले अग्रता लिएको छ ।
उसका लागि खेलको आठौँ मिनेटमा जोर्डी अल्बाले गोल गरेका छ्न । स्पेनले क्रोएसिया र स्वीट्जरल्यान्डले बलियो टोली फ्रान्सलाई हराउँदै क्वार्टरफाइनल पुगेका हुन् । आजै राती दोस्रो क्वार्टरफाइनलमा बेल्जियम र इटाली खेल्दैछन् ।