पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड शुक्रबार साझबाट दुईतर्फी सञ्चालनमा आएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० स्थित २३ स्मृति पुलमा डाइभर्सन निर्माण गरिएपछि सो सडक दुईतर्फी सञ्चालनमा आएको हो । अविरल वर्षाका कारण हिजो बिहान आएको बाढीले सो सडकमा निर्माण गरिएको डाइभर्सन बगाउँदा सवारी साधन अवरुद्ध भएको थियो । साझदेखि दुईतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएपछि राजमार्गमा रोकिएका सवारीसाधनहरु गन्तव्यमा पठाइएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिए ।

अहिले सो सडकमा सामान्य अवस्थामा नै सवारीसाधन सञ्चालन भइरहेको उनको भनाइ छ । नारायणगढ बुटवल सडक विस्तारका क्रममा गैँडाकोट क्षेत्रमा रहेका पुराना पुल हटाएर नयाँ मोटरेबल पुल बनाउनका लागि विभिन्न स्थानमा सडकमा डाइभर्सन गरिएको छ ।

गैँडाकोट क्षेत्रमा सात ठाउँमा नयाँ पुल बनाउने क्रमसँगै डाइभर्सन निर्माण गरिएकोमा तीन वटा पुल निर्माण अन्तिम चरणमा पुगेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय