चीनका वैज्ञानिकहरुले वुहान इन्स्टिच्यूट अफ भाइरोलोजीको बायो सेफ्टी लेवल –४ ल्याबबाटै कोरोना भाइरसलाई तयार पारिएको एउटा नयाँ अध्ययनबाट प्राप्त भएको दावी गरिएको छ ।
उक्त दावी ठोस प्रमाणको आधारमा गरिएको बताइएको छ ।
अध्ययनमा भनिएको छ– ‘चीनियाँ वैज्ञानिकले भाइरसलाई तयार गरेपछि उक्त भाइरस चमेराबाट विकसित भएको हो भन्ने होस् भनेर त्यसलाई रिभर्स–इन्जिनियरिङ भर्सनबाट परिवर्तन गर्ने कोशिश गरियो ।’
डेलीमेलको खबर अनुसार उक्त अध्ययन बेलायतका प्रोफेसर एंगल डल्गलिश र नर्वेका वैज्ञानिक डाक्टर बिर्गर सोरेनसेनले गरेका हुन् ।
आफूहरुसंग पछिल्लो एक वर्षभन्दा पनि धेरै समयदेखि चीनमा भाइरसमा रेट्रो–इन्जिनियरिङको प्रमाण रहेको वैज्ञानिकले लेखेका छन् ।
तर शिक्षाविद् र प्रमुख म्यागजीनले उक्त कुरालाई वेवास्ता गरेको थियो ।
प्रोफेसर डल्गलिशको कुरा गर्नु पर्दा उनी लण्डनमा सेन्ट जर्ज यूनिभर्सिटीमा क्यान्सर विज्ञानका प्रोफेसर हुन् भने डाक्टर सोरेनसेन एक भाइरोलोजिस्ट र इम्यूनोर नामक कम्पनीका अध्यक्ष हुन्, जसले अहिले कोरोनाको खोप तयार गरिरहेको छ ।
उक्त अध्ययनमा वुहानको ल्याबमा डाटालाई जानी-जानी नष्ट गरेको भनिएको छ ।
अध्ययनमा भनिएको छ–‘त्यसलाई लुकाउने अथवा गायव पार्ने कोशिश गरिएको थियो । जुन वैज्ञानिकले यस बारेमा आफ्नो आवाज उठाए, उनीहरुलाई चीनले कि चुप गराए कि भने गायव नै गरिदिए । जब हामी दुबै खोप बनाउनका लागि कोरोनाको नमूनाको अध्ययन गरिरहेका थियौं, तब उनीहरुले भाइरसमा एउटा विशेष फिंगर प्रिन्टलाई खोजेका थिए र त्यस्तो ल्याबमा भाइरससंग छेडछाड गरिए पछि मात्र सम्भव हुन्छ भन्ने उनीहरुले बताए ।’