कलैया उपमहानगरपालिका–७ रंगपुरका दुईबालकको हत्या आरोपमा प्रहरीले एकजनालाई आईतबार पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा स्थानिय अब्दुल रहिम मियाँका २५का छोरा फरमुल्लाह अंसारी भएको प्रहरीले जनाएको छ ।

गत मंगलबार विहान स्थानिय अब्दुल गफारका दुई छोराहरु ९ वर्षीया छोरा उशमान र ७ वर्षका अमिन अन्सारीको घाँटी रेटि हत्या गरिएको अवस्थामा स्थानिय मादर्शा परिषरमा शव फेला परेको थियो । सोमबार साँझ खेल्न निस्कीएका उनीहरुको मंलगबार शव फेला परेको थियो ।

घटना भएको छैठौं दिनका दिन अभियूक्त सार्वजनिक गर्दै प्रहरीले अनुसन्धानबाट खुलेका विवरण सविस्तार जानकारी गएको छ । बाराका प्रहरी नावय उपरिक्षक गौतम् मिश्रका अनुसार मृतक बालकहरुका बाबु गफार विगत ३ बर्ष देखी बैदेशिक रोजगारीका क्रममा कतारमा छन् । यता उनकी पत्नी र अभियुक्त अंसारीका विच हिमचिमा बढेको रहेछ । मृतक बालकहरुले आफ्नी आमा र अभियुक्त विचका गतिविधि थाहा पाई बाबु गफारलाई भनिदिने बताउँदै आएका थिए ।

मृतक बालककी आमालाई भाउजु नाता पर्ने अभियुक्तले छोराहरुलाई घरमै छाडी छोरी लिएर भारत तिर गएर बसौं भन्दै गरेका रहेछन् । तर महिलाले छोराहरु छाड्न नमानेपछी उनीहरुको हत्या भएको पाईयो । भागेर जाने सन्दर्भमा बच्चाहरु बाधक देखिएपछि ललाईफकाई एकान्तमा लगेर बालकहरुको हत्या गरेको अभियुक्तबाट स्विकार भएको डिएसपी मिश्रले बताए ।

उनीहरुका विचमा आर्थीक लेनदेन समेत रहेको र पछिल्लो समय महिला अभियुक्तसँग टाढिँदै गएको समेत अनुसन्धानमाबाट खुल्न आएको छ । आफुसँग टाढिएकी महिलालाई पख देखाईदिन्छु भन्दै आएका अभियुक्त अंसारीले घटना घटाए र गाउँमानै लुकीछिपी बस्दै आएका थिए ।

घटनाको अनुसन्धानका क्रममा विभिन्न ५० जनासँग बुझेको जनाएको प्रहरीले पोलिग्राफ समेतको प्रयोग गर्‍यो ।

प्रदेश २ प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक उमाशंकर प्रसाद साहको टोली र बाराका प्रहरी नायव उपरिक्षक गौतम् मिश्रको संयुक्त टोली घटनाको अनुसन्धान गरेको हो । अनुसन्धानका क्रममा पाईएका प्रयाप्त प्रमाणका आधारमा अंसारीलाई पक्राउ गरिएको डिएसपी मिश्रले बताए ।

पक्राउ परेका अंसारीमाथी किटानी जाहेरी दर्ता गरी थप अनुसन्धान भैरहेको छ । उनी उपर कर्तब्य ज्यान मुद्दामा कार्वाहीका लागि प्रकृया अगाडी बढ्ने छ । आरोप प्रमाणित भए आजिवन काराबासको सजाँय अंसारीलाई हुने डिएसपी मिश्रले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय