
चितवनको राप्ती नगरपालिका १० का ३० वर्षिय मिलन विकको शव मंगलबार साँझ बाराको निजगढमा भेटिएको छ ।
उनको शव निजगढ ७ स्थित वन क्षेत्र नजिक शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा भेटिएको मोवाईलको आधारमा शवको पहिचान भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । शव घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।