निजगढ : बाराको निजगढ नगरपालिकाकी उपमेयर लिलादेवी लामिछानेको परिवारमा कोरोना संक्रमण देखिएको छ । उपमेयर लामिछाने, उनको पति माधव खनाल र छोरालाई समेत कोरोना संक्रमण पुष्टि भएको हो ।
निजगढ उपमेयर दम्पतीलाई निजगढ प्राथमिक केन्द्रमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उपमेयरका स्वकीय सचिव थानेश्वर सापकोटाले जानकारी दिए ।
‘उपमेयर लामिछाने र छोराको घरमै उपचार भएको थियो,’ उनले भने–उहाँको पतिको भरतपुरमा उपचार पछि हिजो घर फर्किसक्नु भएको छ ।’ वडा अध्यक्षलाई संक्रमण निजगढ नगरपालिका वडा नं. १० का अध्यक्ष पदमबहादुर मोक्तानलाई संक्रमण भएको छ ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको रतनपुरी स्वास्थ्य चौकीका प्रमुख दिनेश परियारले जनाए । वडाभरिमा तीन जना संक्रमित भएका छन् । सञ्चारकर्मी सुनार संक्रमित रेडियो मध्यतराईमा कार्यरत सञ्चारकर्मी भावना सुनार पनि संक्रमित भएकी छिन् ।
वडा अध्यक्षलाई संक्रमण
निजगढ नगरपालिका वडा नं. १० का अध्यक्ष पदमबहादुर मोक्तानलाई संक्रमण भएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको रतनपुरी स्वास्थ्य चौकीका प्रमुख दिनेश परियारले जनाए । वडाभरिमा तीन जना संक्रमित भएका छन् ।
सञ्चारकर्मी सुनार संक्रमित
रेडियो मध्यतराईमा कार्यरत सञ्चारकर्मी भावना सुनार पनि संक्रमित भएकी छिन् ।