निजगढ: बाराको निजगढमा कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमित भएका १२ जनाले कोरोना जितेका छन् । दोस्रो लहरमा ५६ जना संक्रमित भएका थिए । अहिले ४४ जना संक्रिय संक्रमित भएको निजगढ नगरपालिकाको स्वास्थ्य शाखा संयोजक रमेश लामाले बताए ।
आईतबार ५० जनामा गरिएको पिसीआर परीक्षणमा ३८ जनामा कोरोना पोजेटिभ रिर्पोट आएको थियो । पहिलो चरणमा ३५ जनामा २८ जना र दोस्रो चरणमा १५ जनामा तीन जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
पुनः पिसीआर परीक्षण गरिने
जेठ २ गते कोरोनासंग मिल्दो जुल्दो लक्षण भएका व्यक्तिलाई पिसीआर परीक्षण गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले शुक्रबार सूचना प्रकाशित गरेर जानकारी गराएका छन् ।