निजगढ : बाराको निजगढमा संक्रिय संक्रमित ४४ जना छन् । त्यसमा अधिकांश घरमै बसेर उपचार गराईरहेका छन् । निजगढ नगरपालिकाले मंगलबारदेखि सञ्चालनमा ल्याईएको आइसोलेशन कक्षमा तीन जना संक्रमितले उपचार लिएका छन् ।

तीन जनामध्ये दुई जना संक्रमण मुक्त भएर घर फर्किएको र एक जनाको उपचार भईरहेको प्राथमिक स्वास्थ्य केन्द्र निजगढका डा. प्रिन्स तिवारीले जानकारी दिए । त्यसैगरि कोरोना संक्रमणको मिल्दो जुल्दो लक्षण भएका दुई जनाको उपचार भईरहेको डा. तिवारीले जनाकारी दिए १५ शैय्याको आइसोलेशन कक्षमा अक्सिजनको समेत व्यवस्था गरिएको छ । आइसोलेशन सञ्चालनमा आएपछि इमजर्नेन्सी सेवा लिने तीन जना पुगेका छन् । अक्सिजनको मात्रा कम भएकालाई आइसोलेशनमा राखेर उपचार गराउने र अक्सिनको मात्रा ठिन भए होम आईसुलेसनमै बस्ने पठाईने गरेको डा. तिवारीले बताए ।

संक्रमित लुकाउँछन् रिर्पोट

निजगढ नगरपालिकामा संक्रमितको संख्या आधिकारिक भन्दा धेरै रहेका छन् । नगरपालिकाको तथ्याङकमा नसमेटिएका संक्रमितको संख्या बढी हुनुमा संक्रमितले रिर्पोट बारे जानकारी नगराउने गरेको पाईएको छ ।

परीक्षण गराएको अस्पतालले पहिला पालिकालाई जानकारी गराउने गरेकोमा अहिले त्यो नगर्दा वास्तविक तथ्याङक आउन नसकेको स्वास्थ्यकै कर्मचारी स्वीकार गर्छन् । कोरोना संक्रमण पुष्टि भएका व्यक्ति पनि गाउँघरमा हिड्डुल गर्ने गरेको गुनासो समेत सुनिएको छ ।

कन्ट्रयाक ट्रेसिङ्गबारे मौन

संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको बारेमा कन्ट्रयाक ट्रेसिङ्ग गरिने गरेकोमा अहिले त्यसबारे नगरपालिकाले व्यवस्थापन गरेको छैन् । समुदाय स्तरमा संक्रमण फैलिएकाले कन्ट्रयाक ट्रेसिङ्ग गर्न नसकिएको निजगढ नगरपालिकाको स्वास्थ्य शाखा संयोजक रमेश लामाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय