बाराको निजगढ नगरपालिकामा कोरोना भाईरसको महामारीको दोश्रो चरणको प्रकोपका कारण दिन प्रति दिन कोरोना संक्रमित थपिने क्रम निजगढमा समेत निकै तिब्र गतिमा रहेको छ भने दोश्रो चरणमा पछिल्ले एक सातामा तिन जनाको मृत्यृ समेत भईसकेको छ ।
निजगढ वडा नम्बर ७ का ६० वर्षका कोरोना सक्रमितको बिरगंज स्थित नारायणी अस्पतालको आईसुलेसनमा उपचारको क्रममा आज बिहान करिब दुई बजेको समयमा मृत्यृ भएको छ । यो संगै निजगढमा कोरोना सक्रमणबाट मृत्यृ हुनेको सख्या तिन पुगेको हो । मृत्यृहुने तिनैजना निजगढ नगरपालिका वडा नम्बर ७ का रहेका छन ।
यस्तै निजगढमा सक्रय कोरोना संक्रमितको सख्या २५ जना रहेका छन ।