कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेको छ । जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिईएको होे ।
यहीँ अधिकार प्रयोग गरी जिल्ला प्रशासन कार्यालय बाराले जिल्लामा निषेधाज्ञा लगाउने तयारीमा रहेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय कलैयामा बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र नेपालको तीन वटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु सहित सरोकारवालाको बैठकले जिल्लामा निशेधाज्ञा लगाउने संकेत देखिएको छ ।
बारा जिल्लामा हाल ३३८ जना संक्रिय कोरोना संक्रमित रहेका छन भने १० जनाको मृत्यृ भईसकेको छ ।
४५ जिल्लामा लगाइयो निषेधाज्ञा
कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ४५ पुगेको छ।
मन्त्रिपरिषद बैठकको निर्णयानुसार अहिले कोरोना भाइरस संक्रमणको जोखिम मूल्याङ्कन गरी प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुले जिल्लाभरी वा निश्चित क्षेत्रमा लागू हुने गरी निषेधाज्ञा जारी गर्न सक्छन्।
मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले तराईं–मधेस तथा उपत्यकाका जिल्लामा ५०० र पहाडी जिल्लामा २०० सक्रिय संक्रमित पुगे सीडीओले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषदको सोही निर्णयानुसार सोमबार साँझसम्म देशभरका ४५ जिल्लामा निषेधाज्ञाको घोषणा भएको छ। निषेधाज्ञा घोषणा गरिएका केही जिल्लामा जिल्लाभर लागू हुने भनिएको छ भने केही जिल्लामा संक्रमणको जोखिम बढी भएको निश्चित क्षेत्रमा लागू हुने भनिएको छ।
सोमबारसम्म देशभरका बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम र डडेल्धुरा जिल्लामा निषेधाज्ञा घोषणा गरिएको छ।
यस्तै, झापा, मोरङ, गुल्मी, प्युठान, काभ्रे, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप, नुवाकोट, ताप्लेजुङ, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी र नलवपरासीमा पनि निषेधाज्ञा जारी गरिएको छ।
यीमध्येका ७ जिल्ला कपिलवस्तु, नुवाकोट, धनुषा, दैलेख, डोल्पा डोटी र नवलपरासी (पूर्व)मा मंगलबारदेखि र २ जिल्ला बाजुरा महोत्तरीमा भने बुधबारदेखि निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ।
हेर्नुहोस्, कुन जिल्लामा कहिलेदेखि कहिलेसम्मका लागि जारी गरिएको छ निषेधाज्ञा–