निजगढ नगरपालिकामा आज थप ८ जनामा कोरोना संक्रमित थपिएका छन । यो संगै निजगढ नगरपालिकामा कोरोना संक्रमितको संख्या १५ पुगेको हो ।
निजगढ नगरको वडा नम्बर १, ७ र ९ मा १/१ जना, वडा नम्बर १० मा २ जना र वडा नम्बर ६ मा ३ जना गरी ८ जना कोरोना संक्रमित थपिएका छन । यस अगि नगरभित्र ७ जना कोरोना संक्रमित रहेका थिए ।
संक्रमित हुनेहरुमा वडा नम्बर १ का १९ वर्षीय पुरुष, वडा नम्बर ७ का २७ वर्षीय पुरुष, वडा नम्बर ९ का ३५ वर्षीय महिला, वडा नम्बर १० का ४७ वर्षीय पुरुष र ४० वर्षीय महिला, वडा नम्बर ६ का ३७, ८ र ५१ वर्षीय पुरुष रहेका छन ।
हाल नगरपालिका भित्र सबै भन्दा बढी कोरोना सन्क्रमित वडा नंम्बर ६ र ७ मा रहेका छन, यस वडाहरुमा ५/५ जना गरि १० जना सक्रिय सन्क्रमितहरु रहेका छन । वडा नम्बर ९ र १० मा २/२ जना गरि ४ जना संक्रमित छन भने वडा नम्बर १ मा एक जना रहेका छन ।
संक्रमितहरुको ट्रसिङगर्ने क्रममा वडा नम्बर १० र ६ का ५ जनाले काठमाडौंबाट कोरोना परिक्षण गरि हाल निजगढमा आयर बसेको पाईएको र अहिले नगरभित्रका सम्पुण संक्रमितहरु आ–आफ्ना घरमा होम आईसोलेसनमा रहेको निजगढ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रमेश लामाले बताए ।
यता जिल्ला जनस्वास्थ्य कार्यालय बाराका अनुसार जिल्लामा सन्क्रमितको संख्या २ सय ७७ जना रहेका छन । बारामा आज थप १ जानको कोरोनाका कारण मृत्यृ भईसकेको छ भने जिल्लाभर दोस्रो चरणमा कोरोनाका कारण मृत्यृ हुनेको सख्या ७ पुगेको छ ।