सुरुचि भण्डारी, कलैया : हाल नेपालमा दोस्रो चरणको कोरोना संक्रमण बढेदो क्रममा रहेको छ, दिनानुदिन कोरोना संक्रमणको सख्या समेत बढ्दो रहेको बेलामा बारामा रहेको एक मात्र पिसिआर मेसिन भने सन्चालन हुन सकेन छैन । प्रदेश २ सरकारले जनशक्ति उपलब्ध नगराएकै कारण पिसिआर मेसिन सन्चालन हुन नसकेको हो ।

बारामा रहेको १६ वटा स्थानीय तहको आर्थिक लगानीमा करिब ६ महिना अघि खरिद गरिएको पीसीआर मेसिन थन्किएको अवस्थामा छ । करिब ८५ लाखमा खरित गरिएको पिसिआर मेसिन, जेनेरेटर र कम्प्युटरसहित १ करोड खर्चमा जिल्लाको अधिकांस स्थानीय तहको आर्थिक सहयोगमा एक पटकमा ९६ जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमताको उक्त मेसिन खरिद गरेको थियो ।

हाल कलैया अस्पतालमा पिसिआर मेसिन सन्चालनको लागि तयारी अबस्थामा रहेको र जनशक्ति आउने बितिकै संचालन गर्ने तयार रुपमा राखिएको माइक्रोबायोलजी प्रबिधिक सुशिल कुमारले बताए ।

यता बाराका प्रमुख जिल्ला अधिकारी पौडेलले पिसिआर मेसिन सन्चालनको लागि प्रदेश सरकारसंग जनशक्ति माग गरेका बताए । उनले प्रदेश सरकारले जनशक्ति उपलब्ध गरायो भने चाडै नै संचालन हुने बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाराका अनुसार जिल्लामा शुन्य रहेको सन्क्रमितको संख्या चैत ६ गते यता १५० भन्दा बढी रहेका छन्, सन्क्रमित अधिकांस भारतबाट आएको पाईएको छ । बारामा आज थप १ जानको कोरोनाका कारण मृत्यृ भईसकेको छ भने जिल्लाभर दोस्रो चरणमा कोरोनाका कारण मृत्यृ हुनेको सख्या ३ पुगेको छ । शुन्य संक्रमित भएको जिल्लामा अहिले बढेर १५० बढी पुगिसकेको छ भएतापनि तयारी अबस्थामा रहेको पिसिआर मेसिन संन्चालन नहुदाँँ नारायणी उपक्षेत्रीय अस्पताल बिरगजमा गएर परिक्षण गर्नुपर्ने बाध्यता रहेको छ ।

नेपालमा दोस्रो चरणको कोरोना संक्रमण बढ्दो क्रममा छ । संक्रमण फैलन नदिन हरेक दिन स्वास्थ्य मन्त्रालय ले अपिल गर्दै छ । तर प्रदेश २ को बारामा प्रदेश सरकारको सक्रियता नहुदाँ संन्चालनका निम्ती तयार रहेको पिसिआर मेसिन संन्चालन हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय