
निजगढ नगरपालिका वडा नम्बर ४ निवासी समाजसेवी एंव महिला नेतृ अरुण विकको उपचारकोलागि सहयोग जुटाउन गठन भएको समितिले संकलन गरेको ९५ हजार २ सय २५ रुपैया बिहिबार एक कार्यक्रमबीच हस्तान्तरण गरेको छ । स्थानीय सहजातीयहरुको तर्फबाट समिति गठन गरेर संकलन गरिएको सो रकम समितिकी संयोजक एंव निजगढ नगरकार्यपालिका सदस्य निमादेवी विश्वकर्माले अरुणाको श्रीमान कमललाई हस्तान्तरण गर्नुभएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा माओवादी केन्द्रका प्रदेश नम्बर २ सदस्य रवि दङ्गाल, पत्रकार गोकुल घोरासाईने, पत्रकार महेश्वर अधिकारी, कार्यापािलका सदस्य पवन विक, निजगगढ नगरपालिका वडा नम्बर ६ बाट दलित महिला सदस्य मिना सुनुवार, सन्तबहादुर सुनुवारलगायतको उपस्थिति रहेको थियो ।
अरुणाको उपचारमा निजगगढ, सिगौल र लालरतनपुरी क्षेत्रमा बसोबास गर्ने सहजातियहरुको घरघरमा पुगेर रकम संकलन गरिएको समितिकी संयोजक विश्वकर्माले बताए ।
दुबै मृगौलाले काम गर्न छोडेपछि अरुणाको हाल काठमाण्डौं महारजगंजस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण उपचारमा समस्या परेपछि सहजातीय र अन्यले सहयोग गरेका हुन ।
यसअघि अरुणको उपचारमा मेचिमहाकाली बुहारी संयुक्त आवाजले पनि अभियान संचालन गरेर संकलन गरेको रकम सहयोग गरेको थियो ।