
निजगढमा एक युवाको घाटी रेटी हत्या गरिएको छ । मगंलबार बिहान करिब ४ः१५ बजेको समयमा निजगढ नगरपालिका वडा नम्वर ९ स्थीत बुद्ध चोकमा १८ बर्षीय काले भनिने रोहीत शर्माको हत्या गरेको हो ।
मृतक घरमा एक्लै भएको बोलामा हत्या भएको हुनसक्ने प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । हत्या आसपासकै व्यक्तिबाट भएको या गराईएको हुनसक्ने बाताईएको छ ।
स्थानिएका अनुसार बिहान करिब ४ः१५ बजे एक व्यक्ती त्यस स्थानबाट भागेको बताएका छन । घरमा भाडामा बस्ने सत्यमान मगरका अनुसार एक व्यक्ती बिहान हतारहतार मोटरसाईकलमा भगेका थिए । घरमा दिनहुँ झगडा भईरेकाले स्थानिएले सामान्य घर झगडा भनि बुझोका थिए ।
यता प्रहरीले मृतकको घरेलु हतियारको प्रयोग गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । मृतकको घरमा कोहि नभएको बेला हत्या गर्ने योजना बनाएर घरमा प्रबेश गरेको जस्तो देखिएको जानकारी दिए र यसैबिच प्रहरीले रौतहटबाट एक व्यतmीलाई प्रक्राउ गरेर अनुसन्धान सुरु गरेको मिश्रले बताए ।
प्रहरीले जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिमप्राप्त कुकुर ल्याएर थप अनुसन्धान अघि बढाउने मिश्रले जानकारी दिए ।
बुवा भोगेश्वर शर्मा र लालेदेवि शर्माको १ छोरा २ छोरी छन यस बाहेका उनीहरुले मृतकलाई बाल्य अवस्तामा सडकमा भेटाएर पालेको बताईएको छ । मृतकका बुवा भोगेश्वर शर्मा र लालेदेवि शर्माले उनका बुहारीले सम्पतीका निम्ती हत्या गरेको आरेप लगाएका छन ।