सूचना विभागको आयोजनामा निजगढ नगरपालिकामा सोमबार सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम अयोजना गरिएको छ । राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त कमला ओली थापाको अध्यक्षता तथा निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु, स्थानीय संचारकर्मी तथा सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो ।

निजगढ नगरपालिकाको सभा हलमा कार्यक्रम आयोजना गरिएको कार्यक्रममा आयोगका उपसचिव कपिलप्रसाद उपाध्याय, शाखा अधिकृत हरिहर कार्की, र आयुक्त थापा ओलीले सूचनाको हकको बारेमा कार्यपत्र पेस गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख खनाल र कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले सुचनाको हक बारे बोलेका थिए । सहभागीहरुले राखेका जिज्ञासाको बारेमा सूचना आयोगकी आयुक्त थापा ओलीले प्रकास पारेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय