तेश्रो निजगढ मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा हिमाल युवा क्लव र बाघभैरव युवा क्लवले जित निकालेको छ । शहिद हिरालाल रंगशालामा सोमबार सम्पन्न पहिलो खेलमा हिमाल युवा क्लवले सिंगौल फुटबल क्लव बिलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको २८ औ मिनेटमा हिमालका अर्बिन कुमरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए तर पहिलो हाफको अतिरिक्त समयमा सिंगौलका छबिलाल विश्वकर्माले गोल गर्दै खेल बराबरी गरेका थिए ।

खेलको ३८ औ मिनेटमा हिमालका वर्षात मोक्तानले गोल गर्दै पुन : अग्रता दिलाए । सिंगौलले गोल पोस्ट नजिक गरेको फल पश्चात प्राप्त पेनाल्टीको सदुपयोग गर्दै वर्षातले हिमाललाई अग्रता दिलाएका थिए । सो गोलनै हिमालको लागी बिजयी गोल बन्यो ।

खेलमा हिमालका गोल रक्षक प्रमेश गुरुङ र सिंगौलका बिबेक मगरले पहेलो कार्ड प्राप्त गरेका थिए भने खेलको म्यान अफ द म्याच हिमालका गोल रक्षक प्रमेश भए ।

तेसैगरी सोमबार सम्पन्न दोश्रो खेलमा बाघभैरव युवा क्लवले निजगढ युनाईटेड क्लवलाई ६-२ गोल अन्तरले पराजित गरेको छ । खेलको तेस्रो मिनेटमै बाघभैरवका हस्त बहादुर चौरेलले गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो गोल गरेको २ मिनेट मै चौरेलले पुन : गोल गर्दै बाघ भैरवको अग्रता दोब्बर बनाए । खेलको शुरुवातमा तुलनात्मक रुपमा कमजोर प्रदर्शन गरेको निजगढ युनाईटेडकालागि ३५ औ मिनेटमा अजय कुमार रुम्बाले गोल गर्दै खेल लयमा ल्याउने प्रयास गरेका थिए । ४३ औ मिनेटमा बाघभैरवका दिपेश घतानीको आत्मघाती गोलसंगै खेल २-२ को बराबरीमा पुगेको थियो ।

तर आक्रामक रुपमा प्रस्तुत भएको बाघभैरवले निजगढ युनाईटेडको पोस्टमा निरन्तर आक्रमण गर्यो । ६० औ मिनेटमा बाघभैरवका दिल कुमार वाईबाले टिमकालागि तेश्रो गोल गर्दै पुन : अग्रता दिलाए । सो गोलसंगै बाघभैरव खेलमा निरन्तर हावी भयो । खेलको ६३ औ मिनेटमा बाघभैरवका हस्त बहादुर चौरेलले ह्याट्रिक पुरा गर्दै टिमलाई ४-२ को अग्रता दिलाए । तेस्को ४ मिनेटमै अरुण पाख्रिनले गोल थप्दै खेल ५-१ को स्थितिमा पुर्याए ।

दोश्रो हाफको अतिरिक्त समयमा गोल गर्दै बाघभैरवका हस्त बहादुर चौरेलले व्यक्तिगत गोल संख्या ४ पुर्याएपछी खेल ६-२ गोल अन्तरले बाघ भैरवको पक्षमा गएको हो । खेलको म्यान अफ द म्याच बाघभैरवका हस्त बहादुर चौरेल बने ।

प्रतियोगिता अन्तर्गत मंगलबार दुईवटा खेल हुने छन । मंगलबार हुने पहिलो खेलमा दिउसो १२: ३० बजे चौतारा युवा क्लव र योङ्गस्टार युवा क्लव बीच प्रतिस्पर्धा हुनेछ भने दिउसो २: ३० बजे हुने दोश्रो खेलमा निजगढ युवा क्लव ए र निजगढ १३ युवा क्लव बीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको बिजेता १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय