जनता समाजवादी पार्टी नेपाल (जसपा) द्वारा संसद विघटनको विरुद्धमा तेस्रो चरणको विरोधको कार्यक्रम शुरु गरेको छ ।
जसपाको केन्द्रिय सर्कुलर अनुसार शुक्रवार देश ब्यापी रुपमा जनप्रदर्शन गरिएको हाे । जस अन्तर्गत बिरगंजको घण्टाघरमा पनि तेस्रो चरणको बिराेध कार्यक्रमकाे पहिलो दिन बृहत जनप्रदर्शन गरिएको हो ।
जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवको सभापतित्वमा जनप्रदर्शन सम्पन्न भएको हो । जसपाका केन्द्रिय सदस्य रम्भा मिश्रा, रामचन्द्र पण्डित, प्रदेश सभा सदस्य करिमा बेगम, पकाहमैनपुर गाउँपालिकाका अध्यक्ष बिजय चौरसिया, पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, जसपा बिरगंज महानगर कमिटिका अध्यक्ष ओमप्रकाश सर्राफ, युवा समाजवादीका केन्द्रिय सचिब सरोज यादव लगायतले विरोध कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै बक्ताहरुले संसद पुर्नस्थापना नभए सम्म सडक संघर्ष जारी रहँने बताएका थिए । प्रतिगमनकारी निर्णय नसच्चिए सम्म सडक संघर्षलाई निरन्तरता दिने र सरकारलाई दबाव दिने बक्ताहरुको जोड् थियो ।
पहिलो, दोस्रो चरणको विरोधका कार्यक्रम सम्पन्न भईसके पनि चौतर्फी रुपमा अलोकतान्त्रिक निर्णयको विरोध हुँदा पनि सरकार कानमा तेल हालेर बसेको आरोप बक्ताहरुले लगाएका थिए ।
जसपा नेता जगदिश पटेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजिकरण जसपा पर्साका सचिब तबरेज अहमदले गरेका थिए ।