बारामा कार्यरत एक जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ । बोर्डर आउट पोष्ट कबहीगोठका ईन्चार्ज समेत रहेका सशस्त्र प्रहरीका ईन्सपेक्टर नारायण सिंह ऐरको मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बल प्रदेश नं. २ छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमका अनुसार दार्चुला घर भएका उनी ड्युटीकै क्रममा अचानक बेहोस् भएका थिए।

बिहानै देखि ड्युटीमा खटिएका उनी दिउँसो अचानक बेहोस् भए पछि उपचारका लागि कलैया अस्पताल लगिएको थियो । कलैया अस्पतालले थप उपचारका लागि उनलाई बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा रेफर गरेको थियो ।

तर , नारायणी अस्पताल पुर्याउँदा उनको मृत्यु भँसकेको चिकित्सकहरुले बताएका छन् । नारायणी अस्पताल आकस्मिक विभागका प्रमुख डाक्टर उदय नारायण सिंहले अस्पतालमा मृत अवस्थामा नैं पुर्याईएको जानकारी दिएका छन् ।

‘एक्कासी लड्नु भयो भनेर ल्याईएको थियो , तर अस्पतालमा ल्याई पुर्‍याउँदा उनको मृत्यु भईसकेको थियो,’ डा.सिंहले भने, ‘सडेन डेथ हुँनुको पछाडी मुटु सम्बन्धि कुँनै समस्या हुँन सक्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय