निजगढ शहिदचोकमा नेकपाका नेता कार्यकर्ता आमहड्तालमा उत्रेका छन् । प्रचण्डमाधव समूहको नेकपाले घोषणा गरेको आमहड्ताल सफल गराउन नेकपा निजगढ नगर कमिटीका नेता कार्यकर्ताहरु निजगढ शहिदचोकको बिच सडकमै व्यानर राखेर धर्नामा बसेका हुन् ।

कार्यकर्ताले राजमार्गमा ठुला तथा लामोरुटका सवारीसाधन ठप्प पारीएको छ भने मोटरसाईकलहरु फाट्टफुट्ट रुपमा चलेका थिए भने पसल व्यवशाय आंशिक रुपमा खुलेका थिए ।

नेकपाका कार्यकर्ताहरुले पसल व्यवसाय बन्द गर्न बाध्य नपार्ने तर राजमार्ग भने अवरुद्द गरेको जनाएका छन । निजगढको धर्नामा नेकपा प्रदेश २ कमिटी सदस्य रबि दंगाल र बारा जिल्ला कमिटी सदस्य एकबहादुर श्रेष्ठको नेतृत्वमा प्रचण्ड माधव समुहका कार्यकर्ताहरु सडकमा उत्रिएका हुन ।

यसैबिच नेपाल बन्दलाई सफल गराउन निस्केका कार्यकर्ताहरु कलैयाबाट पक्राउ परेका छन । कलैया नगर कमिटी अध्यक्ष जवाहिर अन्सारी, सचिव मुकेश साह, हरी ओम साह, संदिप यादव, बैजनाथ साह र राजेश पटेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यसैगरी बाराको परवानीपुरबाट गाउँपालिका सचिव लालबहादुर पटेललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उता, वीरगञ्जमा बन्द अवज्ञा गर्दै आफ्नो पसल र व्यवसाय सञ्चालन गरेर बसेकाहरुसँग जबर्जस्ति गर्न खोजेपछि प्रहरीले वीरगञ्ज महानगरपालिकाका पार्टि अध्यक्ष रहबर अन्सारी, युवा नेता अरविन्द सिंह, विद्यार्थी नेता प्रभाकर गुप्तासहित ८ जनालाई नियन्त्रणमा लिएको छ । घण्टाघर चोकबाट पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

त्यसैगरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) क्रान्तिकारीका मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष रामकृष्ण शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हड्ताललाई सफल पार्नका लागि खटिएका शिवाकोटीलाई प्रहरीले बुद्धचोकबाट नियन्त्रणमा लिएको हो । प्रहरीले आज विहान बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीलाई पनि केही घण्टा नियन्त्रणमा लिएर छोडेको थियो ।

उता काठमाण्डौको सामाखुशीमा गुडिरहेको ट्याक्सीमा नचिनेको मानिसको समूहले आगजनी गरेको छ । काठमाण्डौ महानगरपालिका(२६ मा बिहान साढे ६ बजे प्रदेश ३(०१(००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो । प्रहरीकाअनुसार आगजनीबाट ट्याक्सी जलेर नष्ट भएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले बिहान मोटरसाइकलमा आएका समूहले ट्याक्सीमा आगजनी गरेको जानकारी दिए ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुई र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् । बन्दकर्ताले ना ३ ख ३९३, ना १ क १४३५ र ना ८ ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्दकर्ताले भरतपुर महानगरपालिका १ भतेरीमा ट्रक तोडफोड गरेका हुन् ।

यस्तै, टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका १२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ । त्यस्तैे आमहड्तालमा उत्रिएका ५ जनालाई प्रहरीले मोरङबाट नियन्त्रणमा लिएको छ । मोरङ जिल्ला संघर्ष समितिका सह–संयोजक पारुल क्षेत्रीसहित महानगर संघर्ष समितिका सहसंयोजक मीरा दाहाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । बन्दकर्ता शारदा मैनाली, चम्पा कार्की, मीना पोखरेललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विराटनगरमा सरकारी गाडी तोडफोड गरेपछि प्रहरीले पक्राउ गरेको बताइएको छ । सुर्खेतमा भने आन्दोलनकारीबाट बच्नका लागि भागेको मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । प्रचण्ड–नेपाल पक्ष नेकपाले आह्वान गरेको आमहड्तालको क्रममा सुर्खेतको वीरेन्द्रनगरस्थित सत्कार होटल अगाडि प्रदेश नम्बर ०३–०२–११ प ७७८५ नम्बर को मोटरसाइकलले ठक्कर दिँदा अन्दाजी १० वर्षीय बालक घाइते भएका हुन् । बालकको नाम, ठेगाना खुल्न सकेको छैन । बन्दको अवज्ञा गरि मोटरसाइकल चलाएका व्यक्ति आन्दोलनकारीबाट भाग्न खोज्दा बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालकको प्रदेश अस्पताल काला गाउँमा उपचार भैरहेको छ ।

उता नेपाल कम्युनिष्ट पार्टी नेकपाको केपी ओली पक्षले आम हड्तालकैबीच राजधानी काठमाडौँमा जुलुस निकालेको छ । नेकपा नेता महेश बस्नेतको नेतृत्वमा प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पस अगाडिबाट निकालिएको जुलुस नारायणहिटीस्थित भोलि आयाजना हुने कार्यक्रमस्थलसम्म निकालिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय