पुरानो निजगढस्थित कछडिया स्वास्थ्य चौकीले आज श्वर्ण जयन्ति दिवस मनाएको छ । स्वास्थ्य चौकी स्थापनाको ५० वर्ष पुगेको अवसरमा निजगढ नगरपालिका वडा नम्बर ४ वडा कार्यालयले विभिन्न कार्यक्रम गरी श्वर्ण जयन्ति मनाएको हो ।

वडा अध्यक्ष एंव स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष जयराम कुवरको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन बारा क्षेत्र नम्बर १ ख का प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य त्रिलोकी चौधरी र निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछानेले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा बोल्दै सभासद चौधरीले स्वास्थ्य चौकीमा सेवा थप र्ने बारेमा आफुले सक्दो सहयोग गर्ने बताए । उनले स्वास्थ्य चौकी भवन निर्माणको लागि संसद विकास कोषबाट २० लाख रुपैया सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन ।

त्यसैगरी नगर उपप्रमुख लामिछानेले निजगढको पहिलो स्वास्थ्य संस्थामा रहेको कछडिया स्वास्थ्य चौकीले निजगढबासी जनताको स्वास्थ्य सेवमा उल्लेखनीय भुमिका खेल्दै आएको बताइन ।

कार्यक्रममा निजगढ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामा, निजगढ क्याम्पस प्रमुख रामप्रसाद गौतम, नेकपाका नेता बेनीबहादुर मोक्तान, नेपाली काग्रेशका महेशी कुवर, राप्रपा नेपालकी सावित्री भारतीलगायतले स्वास्थ्य चौकीको योगदानको चर्चा गरेका थिए ।

सोही कार्यक्रममा स्वास्थ्य चौकीमा सेवा गरेर हाल निवृत हुनुभएका स्वास्थ्यकर्मी, पुर्वजनप्रतिनिधिहरु, समाजसेवी र स्वास्थ्य संस्थालाई जग्गा दान गर्ने २ दर्जन भन्दा बढी महानुभावहरुलाई दोसल्ला र प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य चौकीका प्रमुख पासपत कुवरले हाल चौकीबाट ल्याब, सुरक्षित मातृत्व र पोषण जस्ता सेवा दिदै आएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय