पुर्वपश्चिम विद्युतीय रेल मार्गको विस्तृत अध्ययन प्रतिवेदन तयार पर्ने क्रममा रेल विभागले निजगढ नगरपालिकामा आज सरोकारवालासंग छ्लफल कार्यक्रम आयोजना गरेको छ । प्रस्तावित मार्गको डिपिआर तयार पार्ने क्रममा स्थानीयले केहि समय अगाडि अवरोध गरेर काम अवरुद्ध पारेपछि विभागले निजगढ नगरपालिकाको समन्वयमा छलफल कार्यक्रम आयोजना गरेको हो ।

छ्लफल कार्यक्रममा विभागका प्रमुख इन्जिनियर देबेन्द्र साहले रेल्वेको लागि निजगढ क्षेत्रबाट ६ वर्ष यसअघि नै सर्भे गरी तयार पारिएका ३ वटा रेखाङ्कन बारे जानकारी दिए । उनले निजगढको पुरानो बजार क्षेत्र हुदै उत्तरतर्फ जाने पहिलो, बकैया खोला पश्चिम जंगलमा दोस्रो र निजगढ पुर्वको सिगौल नजिकको जंगल क्षेत्रबाट पनि शंभाव्यता अध्ययन गरिएको जानकारी दिए ।

विभागले विभिन्न तिन विकल्पमा प्रारम्भिक अध्ययन गरि सकिएको भएतापनि यही नै हुन्छ भन्ने अहिले यकिन गर्न नसकिने विभागको भनाई रहेको छ । विभागका अनुसार कोरियन परामर्शदता कम्पनीले सन २०१५/१६ मा प्रारम्भिक अध्ययन गरेसकेको थियो तर हाल त्यस स्थानमा पर्सा निकुञ्ज बिस्तार भएपछि अहिले निजगढमा अध्ययन गरिएको विभागले जानकारी दिएको छ ।

हाल गरियको अध्ययनमा निजगढको पुरानो बजार क्षेत्रमा रहेका बस्तीबाट रेलमार्ग जाने भएको भन्दै स्थानिएले रेखाङ्कन गर्ने कार्य गलत भएको बताएका छन । प्रारम्भिक अध्ययन जारी रहेको र निजगढ पश्चिमको बकैया किनारबाट पनि अर्को विकल्पको बारेमा पनि अध्ययन गरिन जरुरी रहेको स्थानिएको भनाईरहेको छ ।

स्थानीयले पहिलो विकल्प (बजार क्षेत्र) मा काम गर्न नदिएर परामर्शदाता कम्पनीका प्रविधिहरुलाई फर्काएपछि विभागले चौथो विकल्पको रुपमा (बकैया खोला किनार) बाट पनि रेखाङ्कन गर्ने अर्को विकल्पमा अघि सारेको छ । निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालले रेल विभागमा पुगेर सो विकल्प बारे सुझाएका पछि विभागले हाल यसलाई दोस्रो विकल्पको रुपमा राखेको छ । यो विकल्पमा स्थानीयको धनसम्पतिको कम क्षेति हुने बताइएको छ ।

कार्यक्रममा नगरप्रमुख सुरेश खनाल र उपप्रमुख लिलादेवी लामिछानेले स्थानीयको धन, सम्पतिमा कम भन्दा कम क्षेति पुग्ने गरी रेल मार्ग बनाउनु पर्ने बताए । निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष केशव ढोडारी, वडा नम्बर ७ का अध्यक्ष रामजी बजगाई, वडा नम्बर ८ का टेकबहादुर लामा, ९ नम्बरका वडा अधयक्ष सुदर्शन बडाल, वडा नम्बर १० का अध्यक्ष पद्मबहादुर मोक्तान, साविक निजगढ गाविसका अध्यक्ष एकबहादुर श्रेष्ठ, उपाध्यक्ष अम्बिका चौलागाई, निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुदर्शन कोइराला, पत्रकार जितलाल श्रेष्ठ, स्थानीय बासिन्दा विष्णु खडका, हिमेश घिमिरे लगायतले रेल मार्गको रेखाङ्कन गर्दा स्थानीयको सुरक्षालाई ध्यानमा राखिनु पर्ने सुझाब दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय