निजगढ नगरपालिकाले आयोजना गर्न लागेको उपप्रमुख प्रजनन स्वास्थ्य प्रवद्र्धन कार्यक्रम अन्तरगत आज निजगढको सिगौलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

उपप्रमुख लिलादेवी लामिछानेको सभाअध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख सुरेश खनाल, वडा अध्यक्षहरु मंगले लोप्चन, केशव ढोडारी र जितबहादुर तामाङ्गले स्वास्थ्य शिवीरको महत्वको बारेमा बोलेका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्यहरु पद्मबहादुर भुजेल तथा राधादेवी पुलामीको पनि उपस्थिति रहेको थियो । नगरभित्रका महिलाहरुको प्रजनन स्वास्थ्य प्रर्वद्धनको नगरपालिकाले उपप्रमुख प्रजनन स्वास्थ्य शिवीर कार्यक्रम आयोजना गर्न लागेको हो । प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा फागुन महिनाबाट स्वास्थ्य शिवीर आयोजना गर्न लागिएको हो ।

प्रतेक महिनाको पहिलो आइतबार हुने शिवीरमा विशेषज्ञ चिकित्सकको टोली समेत मगाइने उपप्रमुख लिलादेवी लामिछानेले जानकारी दिईन । शिवीरमा विपन्न र गरिव बिरामी महिलाहरुको अप्रेशन गर्नुपर्ने देखिएमा नगरपालिकाले आर्थिक सहयोगसमेत गर्न उपप्रमुख लामिछानेले जानकारी दिईन ।

स्वास्थ्य शिवीरको प्रचारप्रसारको लागि नगरपालिकाले सिगौलमा अभिमुखीकरण कार्यक्रममा अयोजन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय