![](https://nijgadhnews.com/wp-content/uploads/2021/01/word-4-a.jpg)
निजगढ नगरपालिका वडा नम्बर– ४ वडा कार्यालय वडाभित्रका कक्षा ११ मा अध्ययन गर्ने १८ जना छत्रछात्रालाई बुधबार साइकल वितरण गरेको छ । कार्यक्रमकी प्रमुख अतिथि निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछानेले वडाका ११ छात्रा र ७ जना छात्र गरी १८ जनालाई साइकलको साँचो हस्तान्तरण गरेका थियो ।
![](https://nijgadhnews.com/wp-content/uploads/2021/01/word-4.jpg)
वडा अध्यक्ष जयराम कुवरले दिनुभएको जानकारी अनुसार वडाका गरिव, विपन्न र जेहेन्दार विद्यार्थीलाई साइकल वितरण गरिएको हो । वडा कार्यालयले गत पुष १ गते साइकल वितरण गर्न सार्वजनिक सुचना जारी गरेपछि परेको निवेदनमा वडा समितिले निर्णय गरेर साइकल वितरण गरिएको बताए ।
![](https://nijgadhnews.com/wp-content/uploads/2021/01/word-4-aa.jpg)
अध्यक्ष कुवरका अनुसार छनौटमा परेका विद्यार्थीहरुलाई आज बिहान ११ बजे पुरानो निजगढस्थित वडा कार्यालयबाट साइकल वितरण गरिएको थियो ।