निजगढ नगरपालिका वडा नम्बर ६ स्थित श्री बालविकास आधारभुत विद्यालयमा विद्यालय व्यवस्थापन समिती गठन भएको छ। गत पुष २४ गते भएको अभिभावक भेलाबाट निर्वाचित सदस्यहरुले आज थप दुइ सदस्य मनोनित गरेपछी समितिले पुर्णता पाएको हो।
यस विद्यालयको व्यवस्थापन समितीको अध्यक्षमा मान बहादुर सापकोटा पुष २४ गते निर्वाचित भएका थिए । समितिमा अम्बिका सिग्देल, अनिता थापा मगर, धर्म प्रसाद बजगाइ, रन्जु तिमल्सिना र सलिना लामा अन्य सदस्य रहेका छन ।
त्यसैगरी वडा प्रतिनिधीमा मिथिलादेवी घिमिरे, शिक्षक प्रतिनिधी यशोदा पन्त, सदस्य सचिवमा विद्यालय प्र.अ. बिन्दु लामा रहेका छन ।
निर्वाचित विद्यालय व्यवस्थापन समितीका पदाधिकारी तथा सदस्यहरुलाई वडा अध्यक्ष कुश बहादुर थापाले टिका लगाएर स्वागत तथा बधाई दिएका छन । साथै अध्यक्ष थापाले समितिको सफल कार्यकालको शुभकामना समेत दिएका छन ।