नेपाल तेक्वान्दो संघ प्रदेश २ को अध्यक्षमा निजगढका तेक्वान्दोकर्मी पेमासिद्धि लामा चयन भएका छन । संघले लामालाई प्रदेश २ को तदर्थ समितिको अध्यक्षमा चयन गरेको हो ।

संघका केन्द्रिय अध्यक्ष प्रकाश शमशेर राणाले लामालाई प्रदेशको अध्यक्षमा चयन गरेको हो । प्रदेश अध्यक्षमा चयन भएका लामाले प्रदेश २ का जिल्लाहरुमा तेक्वान्दो खेलको बिकासकालागि आफुले गरेको योगदान र सक्रियताका कारण आफु अध्यक्ष पदमा चयनकोलागि योग्य भएको बताए ।

अध्यक्षमा चयन भएका लामा नेपालि कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवार रहेका थिए ।

लामासंगै महासचिवमा बाराको पथलैयाका राजकुमार लामा, सदस्यमा सिराहाका रामबाबु यादव र सप्तरीका सुकदेव साह चयन भएका छन । नेपाल तेक्वान्दो संघ अन्तराष्ट्रिय मान्यता प्राप्त तेक्वान्दो संघ हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय