निजगढ़ नगरपालिका प्रमुख सुरेश कुमार खनाल र प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीको क्रार्यकक्षमा आज तालाबन्दी गरिएको छ । निजगढ नगरकार्यपालिकाका बहुमत सदस्यको बैठकको निर्णय अनुसार बिरोध स्वरूप नगर प्रमुख र प्रमुख प्राशासकीय अधिकृतको कार्यकक्षमा उपप्रमुख लिलादेवी लामिछानेको नेत्रतीतेमा तालाबन्दी गरिएको हो ।
नगर प्रमुख खनाल तथा प्रशासकीय अधिकृत कार्कीको मिलेमत्तेमा नगरपालिकाबाट पारित ऐन, कानुन, कार्यविधि तथा कार्यपालिकाको अधिकार क्षेत्रलाई समेत हस्तक्षेप गर्दै पटक पटक एकलौटी र मनोमानी ढंगले काम गर्दै आएका कारणनै तालाबन्दी गरिएको उपप्रमुख लामिछानेले बताईन ।
पछिल्लो समय नगर प्रमुखबाट प्रमुख स्तरीय निर्णय भन्दै नगरपालिकामा गत आ.वमा ठेक्का सम्झौता भै विभिन्न वडामा संचालन भइरहेको सडक निर्माण ठेक्काको म्याद थप गर्ने र सेवा करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया अगाडी बढाइएको कार्यप्रति उपप्रमुख लिलादेवी लामिछाने खनाल सहित बहुमत कार्यपालिका सदस्यहरुले बिरोध गर्दै आएका थिए ।
नगर प्रमुख खनाल र प्रमुख प्रशासकीय अधिकृत कार्काीको मिलेमतोमा प्रमुख स्तरीय निर्णय भन्दै गरेको काम निजगढ नगरपालिका प्रशासकीय कार्यविधि (नियमित तथा व्यवस्थित गर्ने) ऐन २०७५ बिपरित मात्र नभई निजगढबासी जनताको हित बिपरित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नगरसभाले यस नगरको कृषि क्षेत्रको विकासको निमित्त कृषि प्राबिधिक करारमा भर्ना गर्ने निर्णय गरेकोमा सो निर्णय अनुसार हाल बिज्ञापन नगरी अन्य पदमा मात्र गैह्रकानुनी रुपमा बिज्ञापन गरिएकोले उक्त निर्णय फिर्ता गर्नुपर्ने कार्यपालिकाका बहुमत सदस्यको बैठकको निर्णय अनुसार बिरोध स्वरूप नगर प्रमुख र प्रमुख प्राशासकीय अधिकृतको कार्यकक्षमा आजे १०ः४५ बजेबाट ११ः१५ बजेसम्म करिब आधा घण्टा तालाबन्दी गरिएको हो ।
निर्णय फिर्ता नभएमा आगामी दिनमा समेत बिरोधका अन्य कार्यक्रमहरु समेत अघि बढाइने उपप्रमुख लामिछानेले बताईन ।