बारागढी गाँउपालिका–५ सिंघासनी निवासि गोबिन्द साहको हत्याका अभियोगी ६ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागी जेलचालानको आदेश दिएको छ ।

उनिहरुलाई जिल्ला न्यायधिश प्रकाश पंडितको ईजलासले जेलचालानको आदेश दिएको हो ।

पुर्पक्षका लागी जेलचालान हुनेहरुमा बारागढी गाँउपालिका वडा ५ का हिरालाल साह, नगिना साह, राजिन्द्र साह, सुरेन्द्र साह, कामेश्वर चौधरी र राजन महतो रहेको सरकारी वकिल कार्यालय बाराका सुब्बा सुलेमान अंसारीले जानकारी दिए छ । पीडितको तर्फबाट जिल्ला न्यायाधिवक्ता महेन्द्र थापाले बहस गरेका थिए ।

प्रतिबादी सबै ६ जना गत कार्तिक २७ गते जिल्ला प्रहरी कार्यालय बारामा हाजिर भएपछी प्रहरीले आवश्यक अनुसंधान गरि मिसिल सहीत उनीहरुलाई जिल्ला अदादलतमा कार्वाहीका लागी पेस गरीएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले बताए ।

२०७६ जेठ ९ गते रौतहट बाट एउटा जन्ती बारागढी गाँउपालिका वडा ५ सिंघासनी गाँउमा आँउदा  सोहीराती जन्तीहेर्न गएका गोबिन्द साह भोलीपल्ट गाँउनजिकै बाटोछेउमा मृत अवस्थामा फेला परेका थिए ।

उक्त घटनापछि मृतकका आफन्तले कारागार चालान भएका सबै ६ जनाविरुद्ध कर्तब्य ज्यान मुद्धा दर्ता गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय