जिविको पार्जनका निम्ति अरुको घरमा सहयोगीको रुपमा काम गर्नुपर्ने बाध्यता थियोे शान्ता अधिकारीलाई । आर्थिक कम्जोर रहेकी अधिकारीकि १४ बर्षाका एक छोरा छन । छोराको पालनपोषणका निम्ति अरुको घरमा काम गर्ने गरिकी अधिकारी एक दिन कपडा सुकाउने क्रममा दुई तला घरबाट खस्न पुगिन । उनको मेरुदण्डनै भाच्चिएयो ।

उनी थप समस्यामा परीन, नाबालक छोरालाई कसरी पाल्ने र आफ्नु उपचार कसरी गर्ने भन्ने दोधारमा छिन अहिले शान्ता अधिकारी ।

बिनु दाहाल एक समाजसेवी हुन उनले यो कुरा थाहा पाइन् र बिराटनगमा बस्ने राधा कट्टवाल भुजेललाई भनिन । यता राधाले सहयोगी हातहरुका सहयोगले सहयोग जुटाउने कर्म सुरु गरे ।

सुरुवातमा त खासै सहयोग नआउँदा उनीहरु समेत निराश भएको बेलामा चितवनबाट दुखको  साथी अभियानको संयोजक देविका कुवँरले समेत यश कार्यमा चितवनबाट सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

अब यो अभियानको रुपमा सुरु भयो शान्ता अधिकारी बचाउ अभियान ।
यस अभियानमा क्रमश कमला कुइँकेल र नुवाकोटबाट अम्बिका पौडेल नेपालले लगाएत एक पछी अर्को जोडिए ।

सुरुमा शान्ताकि सानीमालेनै सहयोग गर्दै आएको भएतापनी आर्थिक चापका कारण उनी समेत थाला परिन ।
शान्तालाई प्यारालाइसिसको लक्षण देखायो । उनि जुन घरमा भाडामा बस्दै आएकी थिइन् सो घरमा अब उनलाई बस्न नदिने भए । अब झनै तनावमा पुगिब शान्ता अब हस्पिटलबाट डिस्चार्ज पस्यात कहाँ जने र छोरालाई कहाँ राख्ने चिन्ताले शान्तालाई सताउन लाग्यो ।

सोही क्रममा राधा कट्वाल र बिनु दाहाल  सहयोगबाट संकलित रकम हस्तान्तरण  गर्न जाँदाबखतका दृश्यले उनीहरुलाई भावुक बनायो।

सामाजसेवी इन्द्र श्रेष्ठ र शान्ता श्रेष्ठले डाक्टर सँग सबै कुरा बुझेर शान्ताको  उपचारमा छुट गर्न बिर्ता सिटी हस्पिटलमा आग्रह गरे साथै शान्ताका निम्ति बस्ने बेवास्ता समेतको जोहो गराए ।

शान्ता अहिले उनकै ठुलो बुवा पर्नेको घरमा आराम गर्दै छिन भने उनको घाउ सफा गर्न स्वास्थ्य कर्मीको समेत व्यवस्था मिलाइएको छ ।
शान्ता अधिकारी बचाउ अभियान निरन्तर चलि रहेको छ भने अहिलेसम्म करिब रु.३६,५०५ रुपैया संकलन भएको छ भने उक्त रकम शान्ता अधिकारीललाइ हस्तान्तरण समेत गरिएको छ ।

नाबालक छोरा र शान्तिलाई बचाउन यो अभियानमा हामी सबैले सहयोग गर्ने पो हो कि?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय