बारा जिल्लामा लागु औषधको कारोवार बढ्दै गईरहेको छ । पूर्व–पश्चिम लोकमार्गको ५६ किलाेमिटर र त्रिभुवनराजपदको ३२ किलोमिटर खण्ड ओगटेको बारा जिल्लामा राजमार्ग हुँदै लागु औषध ओसार पोसार वर्षेनी बढेको हो । पछिल्लो समय लागु औषध कारोबारी पक्राउ परेको तथ्याङ्कले पनि जिल्ला लागु औषधको ‘ट्रान्जिट प्वाइन्ट ’का रुपमा प्रयोग हुँदै आएको देखिएको छ । 

तीन वर्षको अवधिमा जिल्लामा लागु औषधको मुद्दा वृद्धि भईरहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांङ्कले देखाएको छ । आर्थिक वर्ष २०७४/७५ मा ३४ , २०७५/७६ मा ३७ र २०७६/७७ मा ५२ जना लागु औषध सहिँत पक्राउ परेका थिए ।

जिल्लामा दर्ता हुँने कुल मुद्दा मध्ये लागु औषधको मुद्दा पाँचाैं स्थानमा रहेको छ । भने प्रहरीले लागु औषध प्रयोगकर्ता पक्राउको क्रमले पनि जिल्लामा लागु औषध प्रयोगकर्ता बढिरहेको देखाएको छ । 

बारा जिल्लाका सिमावर्ती क्षेत्र बिहारका बजारबाट लुकाई छिपाई लागु औषध बारा भित्र्याउँने र यहाँबाट राजधानी लगायत मुलुककाे विभिन्न ठाउँमा आपूर्ति हुँदै आएको छ । भने बाराबाट ठुलो परिणाममा गाँजा भारत लगिने गरेको पाईएको छ । 

नेपालमा प्रतिबन्धित लागु औषधहरू भारतका सिमावर्ती बजारहरूमा खुल्लम खुल्ला रूपमा खरिद बिक्री हुँनु र खुल्ला सिमाका कारण यसको कारोबारमा नियन्त्रण गर्न प्रहरीलाई समेत टाउको दुखाई बनेको छ । जसका कारण बाराका बजारमा लागु औषध सेवन कर्ता र कारोबारको ‘ट्रान्जिट प्वाईन्ट’ बनेको छ  ।

भरतीय सीमावर्तीका विभिन्न बजार क्षेत्रका केही किराना , औषधि पसल तथा झुपडीहरूमा अरू औषधी सरह सहज रूपमा नैं प्रतिवन्धित लागु औषध पाइँने गरेको यसको अध्ययनमा संलग्न विज्ञहरूको भनाई छ । यसबाट सेवनकर्ताको संख्यामा वृद्धि भई स्थानीय स्तरमा आपराधिक मनोवृत्ति हाबी हुँदै गएको उनीहरूको भनाई छ ।

युवा देशको कर्णधार हुँन्, सुन्दर समाजको आधार हो, तर दुव्यर्सनीका कारण सम्पन्न परिवारको मात्र नभई अन्य धेरै परिवारका , बाबु आमाका सपना बोकेका , समाजका होनहार आशा लाग्दा मान्छेहरु यस्तै लागु औषधको दुव्यर्सनीका फसेका यूवाहरु साथीसँगतको करकापमा सबै भन्दा बडी दुव्यर्सनमा फँसेको कारण आफ्नाें घर तथा समाजमा बिभिन्न घटना निम्ताउने समेत गरेका कारण दुव्यर्सनमा फँसेकाहरुलाई पनि सहि मार्ग देखाउँन , परामर्श र आत्मबल दिन सुधार गृहरुको प्रभावकारिता अनि समाजसँगको समन्वय अत्यन्त जरुरी भएको पुर्ब प्रधानाध्यापक सुदशर्न प्रसाद कोईरालाले बताए । 

बारामा बन्दाबन्दीको समयमा मात्रै करिब ४ सय ७४ केजि गाँजा प्रक्राउ परेको छ । भने गत आर्थिक वर्ष २०७६/७७ मा ३ सय ७ केजि बारा प्रहरीले प्रक्राउ परेको छ । 

पक्राउ परेका अधिकांशले लागु औषध फेनारगन, डाईजिल्याब, नोर्फिन, लुपिजेसिक, नाईट्राजेपाम, नाईट्रोसन, कोरेक्स, नाईट्राभेट, स्पास्मो पेरिमोन, डाईलेक्स डीसी सहिँत गाँजा समेत बरामद गरिएको थियो  । प्रहरी तथ्यांक अनुसार बाराको बजार क्षेत्रमा अवैध लागु औषधको कारोबार बढ्दो छ । आर्थिक वर्ष २०७४/७५ मा ३४ जनालाई लागु औषध सहिँत पक्राउ गरी उनीहरू मुद्दा चलाईएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०७५/७६ मा ३७ जनालाई पक्राउ गरी लागु औषध मुद्दा दर्ता गरिएको थियो । यस्तै आर्थिक वर्ष २०७६/७७ मा यो क्रम बढेर ५२ जना पक्राउ परेका छन् ।

जसमा ५ महिला र ४७ पुरुषलाई लागु औषध मुद्दा चलाईएको छ । भने , चालु आर्थिक वर्ष २०७७/७८ मा असोज तेस्रो हप्ता सम्ममा २१ जना लागु औषध मुद्दा चलाईएको र लागु औषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले लागु औषध कारोवारमा संलग्नको खोजी कार्य तिब्र पारिएको तथा लागु औषध न्यूनीकरणका लागि सचेतना कार्यक्रम समेत सञ्चालन हुँदै आएका बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।

लागु औषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले लागु औषध कारोवारमा संलग्नको खोजी कार्य तीव्र पारेको छ । रात्रिकालीन बसबाट बढी मात्रामा लागु औषध ओसारपसार हुने गरेकोले रात्रिकालीन जाँचको क्रमलाई तीव्र पारिएको प्रहरीले जनाएको छ । 

लागु औषध न्यूनीकरणका लागि सचेतना कार्यक्रम समेत सञ्चालन हुँदै आएको छ । जिल्लामा बढी मात्रामा ट्याब्लेट , ईन्जेक्सन र गाँजा प्रयोग हुँने गरेको तथ्याङ्कले देखाउछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय