बाराको पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत निजगढ पथलैया सडक खण्ड अन्तगत जितपुरसिमरा उपमहानगरपालिका १ स्थित दुधौरा पुल नजिकै भएको दुर्घटनामा परी ज्यान गुमाएका परिवार र निजगढ नगरपालिका वडा नं. १० लालका स्थानिएले आज क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमाग बन्द गराएका छन् ।
क्षतिपूर्तिको माग गर्दै पीडित परिवारले पूर्व–पश्चिम राजमाग बन्द गरे पछि दिनभर सवारीसाधन सञ्चालनमा हुन सकेको थिएन भने प्रहरी र स्थानिए बिच छलफल भएपछि साझबाट यातायत सञ्चालनमा छ ।
प्रहरीले भोलि बिहन ९ बजे भित्र बस संचालकलाई उपस्थीति गराउने र फरार रहेका चालकलाई जतिसक्दे चाडो प्रक्राउ गर्ने मैखिक सहमति भएपछि राजमार्ग संचालनमा आएको हो । यता स्थानिएले प्रहरीले माग पुरा नगरे भोलि बिहान १० बजेबाट पुर्ण राजमार्ग बन्दगर्ने चेतावनी प्रहरीलाई दिएको छ ।
हिजो बाराको निजगढबाट पथलैया जादै गरेको ना ४ ख नंम्बरको बसले पथलैैैयाबाट निजगढतर्फ आउदै गरेको प्रदेश नं. २–०३–००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटीमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
मुत्युहुनेमा निजगढ नगरपालिका वडा नं. १० लालका २५ बर्षय तिर्थमान स्यांतान, उनकी २२ बर्षय श्रीमती ज्योती स्यांतान र उनका १ बर्षय छोराको घटनास्थलमै मूत्यु भएको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी नायब उपरिक्षक गैतम मित्रले जानकारी दिए ।
दुर्घटनामा पछि बस प्रहरी नियन्त्रणमा लिएता पनि बस चालक फरार रहेको र उनको खोज तलास भईरहेको प्रहरीले बताएको छ ।