बारामा आज सडक दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । बाराको पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत निजगढ पथलैया सडक खण्ड अन्तगत जितपुरसिमरा उपमहानगरपालिका १ स्थित दुधौरा पुल नजिकै भएको दुर्घटनामा परी एकै घरका ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बाराको निजगढबाट पथलैयातर्फ जादै गरेको ना ४ ख ७२४४ नंम्बरको बसले पथलैयाबाट निजगढतर्फ आउदै गरेको प्रदेश नं. २–०३–००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटीमा सवार तीन जनाको घटनास्थलमै मुत्यु भएको हो ।

मुत्युहुनेमा निजगढ नगरपालिका वडा नं. १० लालका २५ बर्षय तिर्थमान स्यांतान, उनकी २२ बर्षय श्रीमती ज्योती स्यांतान र उनका १ बर्षय छोराको घटनास्थलमै मूत्यु भएको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी नायब उपरिक्षक गैतम मित्रले जानकारी दिए ।

दुर्घटनामा पछि बस प्रहरी नियन्त्रणमा लिएता पनि बस चालक फरार रहेको र उनको खोज तलास भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय