नेपालमा थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ६६ हजार ६३२ संक्रमितको संख्या पुगेको जनाए ।

त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ८२३ रहेको छ । यो सँगै हालसम्म कोेरोना संक्रमण निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।

२४ घन्टामा ११ हजार १ सय ५४ पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ९ लाख ४९ हजार ७७ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार १ सय ७१ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ जना रहेको छ ।

थप २ को मृत्यु

कोरोना संक्रमणबाट २४ घन्टामा थप २ को मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा १ जना महिला र १ जना पुरुष रहेको बताए । उनका अनुसार मृतकमा काठमाडौँका ५० वर्षीय पुरुष र काभ्रेपलाञ्चोकका ५० वर्षीया महिला रहेका छन् ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ४२९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय