लायन्स क्लब अफ निजगढ र लायन्स क्लब अफ निजगढ पिसको सयुक्त आयोजनामा आज स्वास्थ्य सामग्रि वितरण गरेको छ ।
क्लबले कोरोना महामारी नियन्त्रणमा अग्रभागमा रहेर काम गर्ने नगरका विभिन्न संघसंस्थालाई स्वास्थ्य सामग्रि वितरण गरेको हो ।
क्लबले जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा, शशस्त्र बेस क्याम्प निजगढ, इलाका प्रहरी कार्यालय निजगढ, बागदेवस्थित नेपालि सेनाको गण, निजगढ नगरपालिकाको स्वास्थ्य शाखा, रेडियो निजगढ तथा रेडियो मध्य तराइलाई गरी कुल १५ थान पिपिई, १५ ओटा थर्मल गन र ६ हजार थान मास्क वितरण गरेको लायन्स क्लब अफ निजगढ पिसका प्रेसिडेन्ट पवन श्रेष्ठले बताए ।
पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि जोखिम न्युनिकरणका लागि स्वास्थ्य सामग्रि वितरण गरीएको लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट रामचन्द्र जैसवालले बताए ।
निजगढ शहिदचोकमा आज बिहान आयोजित स्वास्थ्य सामग्रि वितरण कार्यक्रममा निजगढ नगरप्रमुख सुरेशकुमार खनाल, उपप्रमुख लिलादेवि लामिछाने, लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट रामचन्द्र जैसवाल, पुर्व जोन चेयर पर्सन दीपेन्द्र श्रेष्ठ, लायन्स क्लब अफ निजगढ सिटीका प्रेसिडेन्ट मनोज रेग्मी, जोन चेयर पर्सन बिनोद खरेल, मेचिकालि संयुक्तबुहारी आवाज र युथ अफ निजगढका प्रतिनिधी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै निजगढका मेयर खनाल तथा उपमेयर लीला देवी लामीछानेले कोरोना भाईरस संक्रमणबाट जोगिन नगरपालिकाले व्यवसायी र समग्र नगरवासीहरुलाई लक्षित गरेर जारि गरेको व्यवसाय संचालन कार्यविधिको पालना गर्न नगरवासीहरुलाई आग्रह गरेका थिए ।
लायन्स क्लव अफ निजगढका प्रेसिडेन्ट रामचन्द्र जैसवालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन लायन्स क्लव अफ निजगढका पुर्व प्रेसिडेन्ट प्रभात सिग्देलले संचालन गर्नुभएकोथियो । कार्यक्रममा लायन्स क्लवका बिभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।