राष्ट्रिपति चुरे तराईमधेस संरक्षण विकास कार्यान्वयन इकाइ भरतपुरको लगानीमा बाराको निजगढ नगरपालिका वडा नम्बर १० लालस्थित लाल खोला नियन्त्रणको लागि भनेर प्राप्त भएको रकम हिनामिना भएको छ ।
राष्ट्रिपति चुरे तराईमधेस संरक्षण विकास कार्यान्वयन इकाइ भरतपुरको लगानीमा कारीब ४८ लाख रकम मध्य अघिल्लो आर्थिक वर्षमा प्राप्त ४३ लाख ८० हजार ८० रुपैया मध्ये ठुलो रकम हिनामिना भएको हो भने बाँकी रकम लिन बाँकी रहेको बताइएको छ । हिनामिना भएको रकम भागबण्डा गर्ने क्रममा समितिका केही सदस्यहरुबीच नै कुरा नमिलेपछि अनियमितताको घटना बाहिरिएको हो ।
उपभोक्ता समितिका सचिव मेघराज मोक्तानका अनुसार आयोजना अन्तरगत नदी नियन्त्रण तटबन्द निर्माणको लागि ५ सय ९५ थान तारजाली लगाएर ४ वटा स्पर निर्माण गर्नुपर्ने थियो । उनले काम शुरु गरेको भोलिपल्टदेखि अर्थात असार १४ गतेदेखि खोलामा बाढी आउन थालेर काम गर्न नसकिएको र बाँकी रकम फिर्ता पठाएको बताए ।
कार्यक्रम कार्यन्वय इकाइका कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी र स्थानीय जनप्रतिनिधिको मिलिमतोमा इस्टमेट अनुसारको काम पुरा नगरी रकम भागबण्डा गरिएको बताइएको छ । रकम हिनामिना भएको घटना सार्वजनिक भएपछि वडा कार्यालयमा भेला भएका स्थानीयले खर्चको हिसाब सार्वजनिक गर्न वडा अध्यक्ष पदमबहादुर मोक्तान र समितिका अध्यक्षसंग माग गरेका छन ।
वडा अध्यक्ष मोक्तानले उक्त बजेट मध्येबाट आफनो व्यक्तिगत भएको खर्च रकम लिएको बताए । भेलापछि सार्वजनिक भएको भिडियोमा अध्यक्ष मोक्तानले कार्यक्रम ल्याउन काठमाण्डौं जादा आफनो २५ हजार रकम खर्च भएको र समितिसंग सो रकममात्र लिएको स्वीकारेका छन ।
उपभोक्ता समितिका अध्यक्ष जितबहादुर डिम्डुङ्गले तटबन्द निर्माण गर्न कति रकम आयो र कति खर्च भयो भन्ने बारेमा आफुलाई पनि कुनै जानकारी नभएको बताए । उनले आफ्नु भागमा नब्बे हजार परेको भन्दै सचिव मेघराज मोक्तानले घरमा ल्यायर दिएको सुइकारे । उनले वडा अध्यक्ष मोक्तानको निर्देशनमा आफुले काम मात्र गरेको समेत बताए ।
स्थानीयका अुनसार राष्टपति चुरे संरक्षण कार्यालयका कर्मचारी, उपभोक्ता समिति र जनप्रनिधिको मिलिमतोबाट केही जालिमात्र भरेर रकम हिनामिना गरिएको हो । समितिले ४ सय ५८ थान जाली हालेको दावी गरेपनि उनीहरुले २ दिनमात्र काम भएको र छोटो समयमा यति धेरै जाली भर्ने काम हुन नसक्ने भन्दै छानबिनको माग गरेका छन ।
त्यसैगरी कार्यक्रम कार्यान्वयन इकाइ भरतपुरका इन्जिनियर अनिल सिन्हाले समितिको बैङ्क खातामा सबै रकम हाल्देको र कुनै रकम फिर्ता नलिएको बताए ।