श्याम गुप्ता बिरगंज , १७ भदौ – कोभिड संक्रमितहरुको लागि चित्रगुप्त समिति बिरगंजले बुधवार नारायणी अस्पतालको गण्डक कोभिड अस्पतालमा एक लिटरको १२ सय बोतल किनले मिनिरल वाटर , बिस्कुट र फलफुल प्रदान गरेको छ ।

श्री जुगल किशोर श्रीवास्तव जीबाट सौजन्य प्राप्त गरी चित्रगुप्त समिति बिरगंजले डा.वीरेन्द्र प्रधानको उपस्थितिमा नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभ जीलाई हस्तान्तरण गरिएको छ ।

पानी र बिस्कुटको सहयोगलाई निरन्तरता दिइँने समितिका अध्यक्ष महेश दास बताएका छन् ।

यता काेराेना संक्रमितहरूका चित्रगुप्त समितिले यसरी सहयाेग स्वरूप प्रदान गरेकाे बिभिन्न सामाग्री प्रति आभार प्रकट गर्दै डा.वीरेन्द्र प्रधानले धन्यवाद ग्यापन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय